१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिनिया रेलको खबरले रक्सौल तरंगित, ढुवानी अवरोध हट्यो

वीरगन्ज- आइतबारदेखि रक्सौलका स्थानीयले दिएको धर्ना हटेको छ। धर्ना हटेसँगै अवरुद्ध रहेको ढुवानी पुनः सूचारु भएको छ। रक्सौल स्टेशनको मालगोदाममा नेपालका लागि आउने क्लिंकरलगायत बस्तुको धुलोले हुने प्रदुषणबाट असह्य भएपछि स्थानीयबासीले ढुवानी रोक्न भन्दै धर्ना दिएका थिए।

'रक्सौलमा भएको अवरोध हटेको छ, गाडीहरु आइरहेका छन्,' वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवान्तक पोखरेलले भने। धर्नाका कारण भारतीय रेल्वेमार्फत नेपालका लागि आउने मालसामानको रेलयार्डबाट ढुवानी रोकिएको थियो। धर्नाकारीले भारतीय कस्टम नजिकै टेन्ट गाडेर धर्ना दिएपछि डेढ सय बढी गाडीमा भित्रिने औद्योगिक कच्चा पदार्थको ढुवानी पूर्णरुपमा बन्द भएको थियो।

'आज धर्ना हटेर ढुवानी सूचारु भएको खबर आएसँगै राहत भएको छ,' वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले भने। रक्सौल क्षेत्रका प्रसाशकीय अधिकारी (एसडिएम) श्रीप्रकाशले धर्नाकारी स्थानीयसँग वर्ता गरेको धर्ना फिर्ता गराएको केडियाले बताए। श्रीप्रकाशले स्थानीयहरुको मुद्दालाई सरकारी संयन्त्रमार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता गरी अवरोध हटाउन लगाएका थिए।

चिनिया रेलको खबरले दबाब

भारतसँगको ब्यपारिक समबन्धमा ट्रान्जिट र नाकामा हुने गरेको असहजताको प्रतिनिधि घट्नाको रुपमा रक्सौलमा आइतबार स्थानीयले गरेको अवरोधले ढुवानी रोकिएको खबर आएसँगै चीनले रेलमार्फत सामान पठाएको खबर पनि आयो। यसले गर्दा पनि भारतीय पक्षमा दबाब परेकाले रातारात अवरोध हटाइएको स्थानीय ब्यपारीहरुको बुझाइ छ।

'खबरले पनि दबाब पर्यो, नेपालको ब्यपार मुख्य निर्भर रहेको भारतसंगको नाकामा एकपछि अर्को झमेला भइरह्ने, उता चीनले रेलमार्फत कार्गो पठाउन लागेको घटना एकैपटक भयो,' एक जना ब्यपारीले विश्लेषण गरे, 'संयोगले भए पनि यसले सांकेतिकरुपमा ठूलो अर्थ दिन्छ, जुनचाहिँ भारतीय पक्षको लागि राम्रो भएन्, रातारात विवाद मिलाइयो।'

रक्सोलमा देखिएको विवादको स्थायि सामाधान निकाल्न भारत सरकारसँग नेपाल सरकारले औपाचारिक पहल गर्नुपर्ने ब्यपारीको राय छ। सो ठाउँको प्रदुषणसम्बन्धी विवाद पुरानो हो।

'जतिबेला क्लिंकर लगायत धुलो बस्तु यहाँ लोडअनलोड हुन लाग्यो बस्ती छिटफुट थियो, अहिले बाक्लिएको छ,' रक्सोलका नागरिक अगुवा अनिलकुमार सिन्हाले भने, 'अहिले त्यहाँबाट लोडिङ लोडिङको ब्यवस्था स्थानान्तरण गर्नुको विकल्प छैन्।'

गतवर्ष भारतको रेल मन्त्रालयले रक्सोलको रेल गोदामको ब्यवस्था त्यहाँदेखि १५ किलोमिटर दक्षिण रामगढवामा सार्ने निर्णय गरिसकेको छ। यस सन्दर्भमा २९ नोभेम्बर २०१६ मा यस क्षेत्रका सांसद संजय जैसवालले रेल मन्त्रालयलाई पत्रचार गरेर कारबाही अगाडि बढाउन लगाएका थिए। रामगढवामा मालगोदाम शिलान्याश गर्ने कार्यक्रम तय भएको बेला भारतमा पाँच सय र हजार दरको नोट बन्द भएपछिको तनावपूर्ण स्थितिमा शिलान्यास स्थगित भएको छ।

प्रकाशित: २७ मंसिर २०७३ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App