१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घरसँगै जलेर वृद्धाको मृत्यु

पाँचथर– जिल्लाको फाल्गुनन्द गाँउपालिका–४ मेमेङमा घरसँगै जलेर एक वृद्धाको मृत्यु भएको छ। एक्लै घरमा बस्ने ७० बर्षिय टकरानी थाम्सुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालाय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।

घटनास्थलबाट पौडेलले दिएको जानकारी अनुसार सानो कच्ची घर जल्दा थाम्सुहाङको पनि मृत्यु भएको हो। उनी घरमै एक्लै बस्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ। सानो घरमा अगेनो छेउमा सुतेकी उनको जलेर मृत्यु भएको पाईएको हो। मध्यरातमा आगोको मुस्लो निस्कीए पछि स्थानीय पुगेपनि घर र उनी खरानी भईसकेको स्थानीयले बताएका छन्।

प्रकाशित: १७ मंसिर २०७६ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App