१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भारतीय खेलाडीलाई ०.०१ सेकेन्डले पछि पार्दै सन्तोषीलाई स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रेष्ठले उक्त दुरी पार गर्न ३५ मिनेट ०७.९४ सेकेण्डको समय  लगाइन्।

उक्त प्रतियोगितामा भारतकी कविता यादव ०.०१ सेकेण्डले पछि परिन्। कविताले उक्त दुरी पार गर्न ३५ मिनेट ०७.९५ को समय लगाएकी थिइन्। 

श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्ड लगाईन। उनले कास्य पदक जितेकी हुन्। साग इतिहासमा महिला दौडले नेपालले पहिलो स्वर्ण जितेको हो। 

प्रकाशित: १७ मंसिर २०७६ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App