१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल र श्रीलंकाबीच खेल सुरु, इतिहास रच्ने दाउमा नेपाली महिला

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा सेमिफाइनलको दोस्रो खेल सुरु भएको छ।

दोस्रो खेलमा आयोजक राष्ट्र नेपाल र श्रीलंका भिडिरहेका छन्। पहिलो सेमिफाइनलमा भारत र माल्दिभ्स भिडेका थिए। भारतले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ। 

आजको खेलमा विजयी हुने टोलीले भारतसंग प्रतिस्पर्धा गर्ने छ। फाइनलमा प्रवेश गरेको भारत र नेपाल समूह ‘ए’ बाट आएका टोली हुन्। समूहको खेलमा नेपाल भारतसंग तीन शुन्यको सोझो सेटमा पराजित भएको थियो। 

भारत समूह ‘ए’ को विजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। त्यस्तै समूह ‘बी’को विजेता हुँदै श्रीलंका र उपविजेता हुँदै माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेका थिए।

आज नेपालले श्रीलंकालाई पराजित गरे नेपाल सागको ईतिहासमा पहिलो पटक फाइनलमा पुग्ने छ। नेपाली महिला भलिबल टोली सागको इतिहासमा फाइनल पुग्न सकेको छैन। फाइनलमा प्रवेश गरे नेपालले महिला भलिबलबाट कम्तिमा रजत पदक पक्का गर्ने छ। 

प्रकाशित: १४ मंसिर २०७६ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App