१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाँचथरमा ६६ प्रतिशत मतदान

पाँचथर– पाँचथरमा शान्तीपूर्ण रुपमा उप–निर्वाचन सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरले संकलन गरेको तथ्याङकअनुसार ६६ दशमलव ४ प्रतिशत मतदान भएको छ। 

फिदिम–१ को वडाध्यक्ष पदमा २ हजार ५ सय ८२ जनाले मतदान गरेका छन्। यहाँ ३६ सय७६ मतदाता रहेका छन्। यस्तै हिलिहाङ–७ मा १हजार ६ सय ९३ मत खसेको छ।  यहाँ २६ सय मतदाता रहेका थिए।

फाल्गुनन्द गाँउपालिका प्रमुख पदमा भएको निर्वाचनमा खसेको मतको विवरण आहिसकेको छैन। सात वटा वडामा भएको मतदानको मतपेटिका संकलनको कामभईरहेकाले एकिन विवरण आउन केहि समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय जानकारी दिएको छ।

जिल्लामा कडा सुरक्षा व्यवस्थाकाबीच शान्तीपूर्ण निर्वाचन सम्पन्न भएको हो। शान्तीपूर्ण रुपमा मतदान भएको पाँचथर प्रहरी प्रमुख सिद्धराज न्यौपानेले जानकारी दिए। ३ पदकालागि नौ दलका २१ जनाउम्मेद्वार चुनावी मैदानमा थिए।

१७ मतदान स्थलका ३१ वटै केन्द्रमा मतदान भएको थियो। हिलिहाङ–७ को मतगणना आजै सुरु हुने जानकारी दिइएको छ। फिदिम र फाल्गुनन्दको मतगणना आजै थाल्ने वा भोली विहानबाट सुरु गर्ने भन्ने टुङ्गो भै नसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। 

भौतीक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङले फिदिम माविको केन्द्रमा मतदान गरेका छन्। निक्कै भड्किलो गरेका दलहरुका नेता कार्याकर्ताको मतदान स्थलमा निक्कै ठुलो चहलपहल देखिन्छ। ३ पदका लागि ९ दलका २१ उम्मेद्वार चुनावी मैदानमा छन्।

फाल्गुनन्द गाँउपालिका प्रमुखकालागि ८, फिदिमको वडा अध्यक्षका लागि ७ र हिलिहाङ ७ को वडा अध्यक्षका लागि ६ जना उम्मेदवार रहेका थिए। मतदान गर्नका लागि जिल्ला बाहिर रहेका मतदाताहरु समेत आएका थिए। पर्वझै गाँउमा मतदातको भेला भएको थियो।

 

प्रकाशित: १४ मंसिर २०७६ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App