१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मार्चपासमा नेपालको झण्डा भारोत्तोलनका कमल अधिकारीले बोक्ने

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्।

समारोह समितिको सिफारिसका आधारमा नेपाल ओलम्पिक कमिटीले अधिकारीलाई चयन गरेको हो। राष्ट्रिय रुपमा सफल खेलाडीलाई मार्चपासमा झण्डा उचालेर देशको नेतृत्व गर्न दिने प्रचलन छ। 

‘अनुभव, अन्तराष्ट्रिय पदकहरु र ओलम्पिक खेलमा सहभागी भएको आधारमा उत्कृष्ट खेलाडी भारोत्तोलनका कमलबहादुर अधिकारीले राष्ट्रिय झण्डा बोक्ने छन्’, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

कमलले ९औं सागदेखि भाग लिँदै आएका छन्। त्यसपछि १०औंं र ११औं सागमा पनि भाग लिएका कमलले १२औं सागमा भने सहभागिता जनाएनन्। उनले यो १३औं साग पनि सहभागिता जनाएका छन्। उनले श्रीलंकाको कोलम्बोमा सम्पन्न १०औं सागमा स्वर्ण पदक जितेका थिए। कमलले कोरियामा सम्पन्न २०१७ को एशियन च्याम्पियनसिपमा ३ कास्य पदक जितेका थिए।

यसअघि समारोह समितिले खेलाडीको तर्फबाट आयषा शाक्यले शपथ लिने, ओलम्पियन तथा कीर्तिमानी पदक विजेता दीपक विष्टले ओलम्पिक टर्च बाल्ने र रेफ्रीको तर्फबाट ब्याडमिन्टन एशिया सर्टिफिकेटेड दीपक थापाले शपथ लिने जनाइ सकेको छ।

मार्चपासका लागि नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्कासहित आयसा शाक्य, निमा घर्तीमगर, कमल बहादुर अधिकारीको नाम सिफारिस गरिएको  थियो । 

तेस्रो पटक नेपालमा आयोजना हुन लागेको साग खेल आइतबार उद्घाटन हुनेछ। उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन र प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्ने तालिका रहेको छ। तर स्वास्थ्यको कारण प्रधानमन्त्री सहभागि हुने नहुने अझै टुंगो लागेको छैन्। 

सागको उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटन शत्रमा करिब ७ हजार जनाको विषेश प्रस्तुति रहेको आयेजक समितिले जनाकारी दिएको छ। 

राखेपका अनुसार उद्घाटन सत्र ३ घण्टा ४० मिनेटको हुनेछ। दिउँसो ३ बजे सुरु उद्घाटन शत्रको औपचारिक सुरुवात हुनेछ।
उद्घाटनको अघिल्लो दिन आज ग्रान्ड रिहलसलको तयारी भइरहेको छ। 

प्रकाशित: १४ मंसिर २०७६ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App