२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बैतडीमा शंकास्पद बस्तु फेला

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–५ मा शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सिल्केलेकस्थित महाकाली राजमार्गमा उक्त वस्तु फेला परेको हो।

राजमार्गमा बिहान साढे ११ बजे भेट्टिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा भेट्टिएको प्रहरीले जनाएको छ। उक्त शंकास्पद वस्तु प्रतिबन्धित विप्लव समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका ४ मा उपनिर्वाचनका लागि मतदान भइरहेको छ।

मतदान केन्द्र भन्दा ८/१० किलोमिटर टाढा उक्त शंकास्पद वस्तु भेटिएकाले उपनिर्वाचन शान्तिपूर्ण ढंगले चलिरहेको जिल्ल प्रहरी प्रमुख डिएसपी दिल्लीनारायण पाण्डेले बताए। प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

अहिलेसम्म तीन वटै वडाका पाँच मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताइएको छ।

प्रकाशित: १४ मंसिर २०७६ ०७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App