१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

कलामा ‘तान्त्रिक मन्त्र’ को चर्चा

काठमाडौं - संसारभर शान्तिको फैलाउन हिडेका बुद्धको अवतार मानिने पद्मसम्भव अर्थता गुरु रिन्पोछेले नेपालमा लामो समय बिताएको विश्वास गरिन्छ। उनले आठौं शताब्दीमा भारतबाट नेपाल हुँदै तिब्बतमा पुगेर बौद्ध धर्म फैलाउने क्रममा विभिन्न ज्ञानसमेत आदान प्रदान गरेका थिए। उनले फैलाएको ज्ञान र विभिन्न रोचक विषयलाई यत्तिखेर कलाकारहरुले नेपाल आर्ट काउन्सिलमा कलाको माध्यममार्फत् प्रस्तुत गरेका छन्। गत मंसिर ६ देखि सुरु भएको सो समूहिक कला प्रदर्शनीमा १० कलाकारहरुले तयार गरेको कला समावेश गरिएको छ।

को जीवनसँग सम्बन्धित ५० भन्दा बढी कलालाई प्रदर्शनीमको छ। पद्मसम्भवको स्वरुपमा देखिएका फोटोग्राफर विजय महर्जर गरेका विभिन्न कला प्रदर्शनीमा हेर्न सकिन्छ। ‘बौद्ध धर्म फैलाउन लागि परेर पद्यम सम्वतको विषयमाथि अध्ययन र अनुसन्धान गरेर उनको स्वरुप धारण गरेको हुँ,’उनले भने। उनले तयार गरेको प्रतिस्थापन कलामा मन्त्र, मण्डला र मूर्तिलाई सेतो र निलो रंगमार्फत प्रस्तुत गरेका छन्।

चित्रकार सरोज बज्रचार्यले पद्मसम्भवको विचारलाई मौलिकता र समसामयिक विषयसँग तुलना गरेर कलामार्फत् प्रस्तुत गरेका छन्। हरेक मानिस एक अर्कामा फरक हुने भाव चित्रकार सुरेश लामा योञ्जनको कलामा देखाइएको छ। ‘हरेक मानिसको विचार एकबाट अर्कोसँग मिल्दैन्। त्यसैले मैले पद्मसम्भवको भावलाई आफ्नो कलामार्फत क्यानभासमा प्रस्तुत गरेको छु,’ उनले भने।

प्रदर्शनीमा राखिएको ‘अनफिनिस्ट मोमेन्ट’ शीर्षकको कलामा बज्र र भैरवको आकृतिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। हिंसालाई निरुत्साहित गर्न सो चित्रकलाले आग्रह गरेको छ। पद्मसम्भवको नेपाल कनेक्सनलाई कलाकारहरुले विभिन्न कलामार्फत प्रस्तुत गरेका छन्। ‘द हेलिङ अफ पावर प्रेयर’ शीर्षकको कलामा पद्मसम्भव नेपाल आएको चर्चा गरिएको छ। मानिसमा भएको अज्ञानतालाई हटाउन सम्वतले गरेको संघर्ष सो कलामा हेर्न सकिन्छ। सो क्रममा पाकिस्तानबाट भारत, भारतबाट नेपाल र नेपालबाट तिब्बत पुगेर धर्ममार्फत् मानवतामा भएको अज्ञानतालाई हटाउन सम्भव सफल भएको कुरालाई कलाकारले कलामार्फत् प्रस्टाएका छन्।

मूर्तिकार चन्द्रश्याम डंगोलले प्रदर्शनीमा चार वटा मूर्तिकला प्रस्तुत गरेका छन्। नेपाल सरकारले नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन र संरक्षण नगरेसम्म यसको स्थिति नाजुक हुँदै जानेछ,’ उनले भने, ‘नेपाली मूर्तिकला नेपालबाट चोरिएर विदेशसम्म पुग्दा सरकारले वेवास्ता गरिरहेको छ। यसले हामीजस्तो मूर्तिकारलाई निरुत्साहित गरिरहेको महसुस गरेको छु।’ प्रदर्शनीमा राखेका मूर्तिकलामा सम्वतका विभिन्न मन्त्रहरु समेटिएका छन्। प्रदर्शनी आगामी मंंसिर १५ सम्म चल्नेछ।

प्रकाशित: १२ मंसिर २०७६ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App