सामाजिक सुरक्षा योजनामा समेटिनुको विकल्प छैन : पोखरेल

बिहिबार, १२ मङि्सर २०७६, ०८ : ५६ नागरिक

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रमिक र रोजगारदाता योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेटिनुको विकल्प नभएको बताएका छन्। सामजिक सुरक्षा कोषले बुधबार आयोजना गरेको पहिलो वार्षिकोत्सवको अवसरमा बोल्दै पोखरेलले योजना कोकल्याणकारी राज्यको अवधारणाअनुसार सुरु गरिएको समेत बताए।

सरकारले एक वर्षअघि उक्त योजना सुरु गरे पनि अपेक्षित रूपमा श्रमिक आवद्ध भएका छैनन्। अपेक्षित रूपमा श्रमिक आवद्ध हुन नसकेपछि कोषले सूचीकरणका लागि मंसिर १४ गतेसम्मको समय थप गरेको छ। हालसम्म कोषमा एक लाख १५ हजार श्रमिक सूचीकृत भएका छन्।

योजनामा सहभागी हुन श्रमिकले न्यूनतम पारिश्रमिकको ११ र रोजगारदाताले २० प्रतिशत रकम जम्मा गर्नुपर्छ।

योजनामा सूचीकृत भएपछि मात्र कोषले मातृत्व, दुर्घटना, औषधि उपचार, पेन्सन लगायत सुविधा उपलब्ध गराउँछ। योजनामा सहभागी हुन श्रमिकले न्यूनतम पारिश्रमिकको ११ र रोजगारदाताले २० प्रतिशत रकम जम्मा गर्नुपर्छ। सरकारले सबै श्रमिक र रोजगारदातालाई सूचीकरणका लागि आग्रह गर्दै आए पनि रोजगारदाताले अटेरी गरिरहेका छन्। योजनामा उत्साहपूर्वक सूचीकरण नहुनुको कारण कतिपयले सरकारको तर्फबाट योगदान हुन नसकेको तर्क पनि गरेका छन्।

पोखरेलले सामाजिक सुरक्षाबिना नागरिकको हक अधिकार स्थापना हुन नसक्ने पनि बताए। उनले सबै श्रमिक तथा नागरिकलाई योजनामा अवद्ध हुन आग्रह गरे। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोषले समृद्ध नेपाल र सुखी नेपालीको अवधारणा कार्यान्वयनमा सहयोग पु¥याएको बताए। योगदानमा आधारित सामाजिक सुरक्षा योजना जनताको योजना हो उनले भने। पहिलो वार्षिकोत्सवका बेला योजनामा सहभागी भएकामध्ये निधन भएका दुई व्यक्तिका परिवारलाई कोषले पेन्सन दिन सुरु गरेको छ।

हाल कोषमा १७ करोड रुपैयाँ संकलन भएको छ। त्यस्तै बोनस ऐन अनुसार बचत भएको करिब २२ अर्ब रुपैयाँ पनि कोषसँग छ। संकलन भएको रकम लगानी गर्न कोषले लगानी कार्यविधि तयार पार्दैछ। लगानी कार्यविधि तयार भएपछि विभिन्न बैंकमा जम्मा भएको रकम लगानी गर्न सहज हुने कोषका अधिकारीहरू बताउँछन्।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad