१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

१३ औं सागः महिला भलिबलमा बंगलादेशविरुद्ध नेपाल

बंगलादेशविरुद्ध मैदानमा उत्रिनु अघि वार्मवर्क गर्दै महिला भलिबल टोली। तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण महिला भलिबलबाट सुरु भएको छ।

पहिलो खेलमा नेपाल र बंगलादेश महिला भलिबल खेलाडीहरु भिडिरहेका छन्। औपचारिक रुपमा खेल उद्घाटन हुन पाँच दिन बाँकी भएपनि प्रतिस्पर्धा आजैबाट सुरुवात भएको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बंगलादेशविरुद्ध चुनौती नेपालले सामना गरिरहेको छ। नेपाल अरुणा शाहीको कप्तानीमा मैदान उत्रिएको छ। 

पुरुष भलिबलमा पनि नेपालले बंगलादेश संगै समना गर्दै छ। उक्त खेल साँझ पाँच बजेदेखि सुरु हुनेछ। साग खेल्ने सात राष्ट्रमध्ये भलिबलको पुरुष र महिला दुवैमा ६ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै छन्।

भलिबलबाहेक अन्य खेल भने उद्घाटनपछि नै हुनेछन्। एक राष्ट्र भुटानको भलिबलमा सहभागिता छैन। दुई साताअघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन नेपाल उच्च मनोबलका साथ कोर्टमा उत्रिएको छ।

नेपाली महिला टोली सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ उत्रँदै छ। सागमा नेपालको महिला भलिबलले तीन कांस्य जितेको छ। नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य पदक जितेको हो। सागमा नेपालका तर्फबाट कुल ५ सय ९३ जना खेलाडीले सहभागिता जनाएका छन्। 

प्रकाशित: ११ मंसिर २०७६ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App