१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

उत्सुक कट्रिना

मुम्बई – बलिउड अभिनेत्री कट्रिना कैफ आफ्नो अभिनयको स्तरलाई फराकिलो पार्न लागिपरेकी छिन्। भारतीय सञ्चारमाध्यसँग कुराकानी गर्दै उनले फरक भूमिकाहरूमा अभिनय गर्ने इच्छा व्यक्त गरेकी थिइन्।

‘म विभिन्न खालका भूमिकामा देखिन उत्सुक छु। जसले मेरो अभिनयको स्तर बढाउन सहयोगसमेत गर्नेछ। हालै मैले अभिनय गरेको फिल्म भरत र जिरोजस्तो फिल्ममा देखिने इन्छा बढेको छ। त्यसैले मैले अभिनयको दायरा फराकिलो पारिरहेको छु,’ उनले भनिन्, ‘अभिनयमार्फत् आफ्नैलाई चुनौती दिनतर्फ केन्द्रित हुँदैछु।’

उनले पछिल्लो समय सामान्य लाग्ने तर फरक कथावस्तु भएको फिल्मको स्क्रिप्टलाई प्राथमिकतामा राखेको बताइन्। ‘मलाई भनेर आएका फिल्मको अफरमा मेरो भूमिकाको महत्व खोज्न लागिपरेकी छु,’ उनले भनिन्। त्यसो त बलिउड अभिनेत्री प्रियंका चोपडा, अनुष्का शर्मापछि कट्रिना कैफ पनि निर्मात्री बन्दैछिन्। केही समयअघि अभिनेता सलमान खानले उनी आफ्नै बहिनी इशाबेलसँग मिलेर फिल्म बनाउन लागेको खुलासा गरेका थिए।

बेलायतमा मोडलिङ गरिरहेकी इशाबेललाई कट्रिना आफ्नै ब्यानरमार्फत डेब्यु गर्न लागिपरेकी छन्। बलिउड प्रवेश गरेको १६ वर्ष पूरा गरिसक्दाको उतार–चढावलाई आधार मानेर उनी निर्माणमा लाग्दैछिन्। भारतीय सञ्चार माध्यमसँग बलिउडमा प्रवेश गरेको १६ वर्षको अनुभव सुनाउँदै उनले टिक्नका लागि साहस र कठोरता जरुरी भएको बताएकी थिइन्। ‘बलिउडमा टिक्न सजिलो छैन। यहाँ स्थापित भएर जमिरहन साहस र कठोरता जरुरी छ,’ उनले भनेकी थिइन्, ‘यो क्षेत्रमा सफलताको ग्यारेन्टी कसैले दिन सक्दैन।’

सन् २००४ मा ‘बूम’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी उनले संघर्ष र निरन्तरताका कारण सफल अभिनेत्रीका रूपमा स्थापित गर्न सकेको दावी गरेकी थिइन्। ‘सबै कुराको विश्लेषण गर्न मनपर्दैन। एकदिन सफल भइन्छ भनेर लागिपर्ने गरेकी छु। यसले मलाई प्रोत्साहन गरिरहेको हुन्छ ’, उनले भनेकी थिइन्।

उनले ‘टाइगर जिन्दा है’, ‘न्यूयोर्क’, ‘एक था टाइगर’, ‘मैने प्यार क्यु किया’ र ‘जब तक है जान’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन्।

प्रकाशित: ९ मंसिर २०७६ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App