१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

आइसीसीद्वारा नेपाल र अमेरिकालाई निलम्बन गर्ने निर्णय अनुमोदन

इडनवर्ग–अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)ले नेपाल क्रिक्रेट संघ क्यान र अमेरिकी क्रिक्रेट संघ युएसएसिएलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ।स्कटल्याण्डको राजधानी इडनवर्गमा सम्पन्न आइसिसीको वार्षिक साधरणसभाले क्यान र युएसएसिएलाई निलम्बन गर्ने निर्णयको अनुमोदन गरेको हो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आइसिसीले नेपालमा आफ्नो प्रतिनिधि टोली पठाउने भएको छ। उक्त टोलीले सरकार र निलम्बित क्यानसँग छलफल गर्ने छ। आइसिसीले निलम्बन अनुमोदन गरेसँगै क्यानको निलम्बन लम्बिने भएको छ।
त्यस्तै आइसिसीले साउदी अरेवियालाई ३९ औं एसोसिएट सदस्यको रुपमा चयन गरेको छ। साउदी अरेवियाले सन् २००३ मा नै आइसिसीको सदस्यता लिएको थियो।

 

प्रकाशित: १७ असार २०७३ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App