१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दुई रूपैयाँमै पुस्तक

काठमाडौं – राजधानीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीमा दुई रूपैयाँमै पुस्तक उपलब्ध छ।

प्रदर्शनीका सहव्यवस्थापक महेश्वर थापा मगरले मेलामा दुईदेखि १४ सय रूपैयाँसम्मका पुस्तक राखिएको जानकारी दिए। प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा धर्म, दर्शन, इतिहास र अनुसन्धानमा आधारित पुस्तक राखिएका छन्।

मेलामा पाँच सयभन्दा बढी पुराना पुस्तक र एक सयभन्दा बढी पत्रपत्रिका राखिएका छन्। तीमध्ये पछिल्लो ६ महिनामा प्रज्ञा प्रतिष्ठानबााट प्रकाशित ८० पुस्तक छन्।

हरेक नेपालीको हातहातमा पुस्तक पु¥याउन र पठन संस्कृतिको विकास गर्न प्रदर्शनी आयोजना गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय प्रतिष्ठानबाट प्रकाशित भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिकशास्त्रसँग सम्बन्धित पुस्तक पाठकसमक्ष प्रदर्शनी गरिएको बताउँछन्। ‘प्रतिष्ठानबाट गरिने अध्ययन अनुसन्धान साथै प्रकाशनको प्रक्रियालाई सुधार गर्ने उद्देश्यले प्रदर्शनी गरिरहेका छौं,’ उनले भने, ‘प्रदर्शनीबाट पठनसंस्कृतिको विकास हुने विषयमा पनि हामीले अपेक्षा राखेका छौं।’ पुस्तक प्रदर्शनीबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पर्ने प्रभाव सकारात्मक भएको र अनुसन्धानकर्तालाई पनि पुराना पुस्तकको प्रभाव पर्दै आएको उनको भनाई छ।

प्राज्ञसभा सदस्य एवं संचार संयोजक शशी लुमुम्बूले प्रज्ञाबाट प्रकाशित पुस्तक पाठकसमक्ष पु¥याउन प्रदर्शनी गर्नुपरेको बताए। प्रतिष्ठानले वार्षिकोत्सव तथा अन्य राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका गोष्ठी कार्यक्रमका बेला पनि पुस्तक प्रदर्शनी गर्दै आएको छ।

तीन दिनमा तीन सयभन्दा बढी पुस्तक बिक्री
प्रदर्शनी सुरु भएको तीन दिनमा तीन सयभन्दा बढी पुस्तक बिक्री भएको प्रदर्शनी व्यवस्थापक सुधीर ढुंगेलले जानकारी दिए। ‘नेपाली बृहत् शब्दकोष, दर्शनसम्बन्धी र जातीय संस्कारका पुस्तक बढी बिक्री भएका छन्,’ उनले भने।

प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुट दिइएको छ। प्रदर्शनी १५ दिनसम्म चल्नेछ।

प्रकाशित: ४ मंसिर २०७६ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App