coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पूर्वराजाको अभिव्यक्ति सुनेर केकी मख्ख

काठमाडौं – अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा ‘प्लेजर बिङ इन दिस फ्रेम’ लेख्दै पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व युवराज्ञी हिमानी शाह र प्रेरणा शाहसँगको फोटो सेयर गरेकी छिन्। शनिबार ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) डान्स क्लबमा खिचिएको सो फोटो अभिनेत्री अधिकारीको लागि विशेष रह्यो। कारण, उनले पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यहरुलाई डान्स क्लबमा भेटेकी थिइन्।

‘सेलिब्रेटीहरुको निम्ति एलओडीमा बाल्कोनीको व्यवस्था रहेपनि पूर्वराजा ज्ञानेन्द्र शाह जनतासँग घुलमिल हुन हात मिलाउन व्यस्त देखिए,’ पूर्वराजा ज्ञानेन्द्र शाहसँगको भेटघाट स्मरण गर्दै अभिनेत्री अधिकारीले भनिन्। उनले भनेझैं पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज्ञी हिमानी शाह र प्रेरणा शाहलगायत परिवारका सदस्यसहित शनिबार राति साढे ११ मा एलओडी पुगेका थिए।

पूर्व जानकारी बिना एलओडी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा नाचेका थिए। उनले नेपाली फिल्म हेर्ने गरेको अभिव्यक्ति दिए।

पूर्व जानकारी बिना अचानक एलओडी पुगेका पूर्वराजा शाहले ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा नाचेका थिए। राति १ बजे एलओडीबाट निस्किनुअघि उनले अभिनेत्री अधिकारीको फिल्म हेरेको बताएका थिए। ‘कमेडी च्याम्पियन’ सोको लागि क्लब सञ्चालकसँग भेटघाट गर्न त्यहाँ पुगेकी अभिनेत्री अधिकारीले भनिन्, ‘पूर्वराजा शाह सामान्य र मिजासिलो स्वभावका व्यक्तित्व रहेछन्। मैले प्रत्यक्ष रुपमा पहिलो पटक उनलाई भेटेको हुँ। क्लब सञ्चालकले हाम्रो परिचय गराउन नभ्याउँदै पूर्वराजा शाहले मेरो फिल्म हेरेको हुँदा मलाई चिन्ने अभिव्यक्ति दिए। त्यस्तै, पूर्वयुवराज्ञी हिमानीले कलाकारितालाई निरन्तरता दिन आग्रह गरेकी थियो।’ पूर्व राजपरिवारका सदस्यहरुले सहज र सौहार्दपूर्ण वातावरणमा क्लबमा उपस्थित भएकासँग फोटो खिचेको अनुभव उनले सुनाइन्।

उनी अर्की अभिनेत्री रिमा विश्वकर्मा र ‘कमेडी च्याम्पियन’ नामक रियालिटी सोको टोलीसँग एलओडी पुगेकी थिइन्। ‘पूर्वराजा शाह प्रवेश गरिरहँदा उपस्थित सबै फोटो खिच्न लागिपरेका थिए। उनले सकेसम्म सबैलाई फोटो खिच्ने अवसर दिए। एलओडीको बाल्कोनीबाट तल आएर पूवराजा शाहले भिडमा सहभागी भएर निर्धक्क भएर रमाइलो गरेको दृश्यले मलाई सामान्य रुपमा बाँच्न प्रेरित गर्यो,’ उनले भनिन्।

नेपाली गीत बजिरहेको एलओडीमा पूर्वराजा शाहको प्रवेशसँगै माहोल फरक देखियो। ‘पूर्वराजा शाह सार्वजनिक स्थलमा गएर भीडमा उपस्थित भए कुराकानी गर्नु सामान्य थिएन्,’ उनले भनिन्, ‘फिल्म क्षेत्रमा खटिएका कलाकारलाई उनले प्रोत्साहित गरेको अनुभूति भयो। उनको सकारात्मक व्यत्तित्वका कारण उनीप्रतिको दृष्टिकोणमा परिवर्तन गरायो।’

प्रकाशित: ३ मंसिर २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App