१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अमूर्त कलामा प्राकृतिक प्रेम

काठमाडौं - ‘विभिन्न रंगमार्फत् चित्रकारले क्यानभासमा आफ्नो भाव प्रस्तुत गर्छन्। चित्रसँग आत्मीय सम्बन्ध राख्नेले कलाको अर्थ बुझ्न सकिन्छ, ’चित्रकार क्षेत्रलाल कायस्थ भन्दै थिए। नेपाली चित्रकलामा पाँच दशक बिताइसकेका उनको १३ औं एकल कला प्रदर्शनी सुरु भएको छ।

आइतबार राजधानीको नेपाल आर्ट काउन्सिलमा सुरु भएको उनको कला प्रदर्शनीमा विभिन्न भाव समेटिएका अमूर्त कलाहरु प्रदर्शनमा राखिएका छन्। कार्यक्रममा नेपाली चित्रकलाको विकासमा योगदान दिएवापत चित्रकार किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ प्रदान गरिएको थियो। कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारसहित चित्रकार मानन्धरलाई ५० हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिएको थियो।

माछापुच्छे हिमाल र फेवातालको मनमोहक कलालाई विभिन्न रंगले चित्रमा उतार्न खप्पिस कलाकार कायस्थले समुद्रको तटदेखि हिमालपारिसम्मको चित्रकला समेटेर कला प्रदर्शन गरेका छन्।

नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कलाकार कायस्थका कलाले पोखराको सौन्दर्यका साथमा मानवीय जीवनका विविध क्षेत्रलाई सटिकरूपमा उतारेको बताए। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर गुरुङले कलाको माध्यमबाट जीवनलाई उत्साहित बनाउन कलाकार कायस्थका कलाले जोड दिएको चर्चा गर्दै प्रतिष्ठानले कलाकार मानन्धरलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको बताए।

चित्रकार सु्ष्मा राजभण्डारीले चित्रकलालाई निरन्तरता दिन सजिलो नहुँदा मोफसलमा रही कलाकार कायस्थ निरन्तरत छ दशकदेखि यसैमा तल्लिन हुनु पोखरा र देशमा लागि गौरवको विषय भएको बताइन्।

चित्रकार कायस्थले महिलाको जनजीवन समेटेर जलरंग प्रयोग गरेर चित्रकला तयार गरेकी छिन्। जलरंगको प्रयोग गरी उनले ताल, तलैया, हिमाली परिवेश र जंगललगायतका दृश्यलाई समेटिएको छ।

विसं.२०७२ सालको विनासकारी भूकम्पपछिको अवस्थालाई उनले कलामा समेटेका छन्। साथै, महेन्द्र गुफा, काष्ठकलापनि समावेश गरेका छन्।

सिड्नी सहरको रमणीय दृश्यलाई उनले विदेशी भूमिको भावसहित प्रस्तुत गरेका छन्। ‘सिड्नी छोटो समयमा विकास भयो, उनले भने, ‘तर, नेपालमा विकासको नारा गुञ्जिएको कयौं वर्ष बितिसक्यो। विकासको सपना बोकेर नागरिकहरु विदेशी भूमिका श्रम गर्न बाध्य छन्।’ प्रदर्शनीमा ३० वटा अमूर्त चित्रकलाहरु राखिएका छन्। क्यानभासमा अर्मूत चित्र कोर्न रुचाउने उनले कलाको भावले दर्शकलाई आकर्षित गनुपर्ने बताए। उनले हालसम्म १३ वटा एकल कला प्रदर्शनी आयोजना गरिसकेका छन्। प्रदर्शनी मंसिर ४ सम्म चल्नेछ।

प्रकाशित: २ मंसिर २०७६ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App