१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नक्कली सुनसहित दुई जना पक्राउ

मकवानपुर- मोटरसाइकलबाट तस्करी गर्दै गरेको नक्कली सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले त्रिभुवनराजपथ अन्तरगत हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट उनीहरुलाई पक्राउ गरेको हो।

मोटरसाइकल चालक एवं दोलखाको जिरी नगरपालिका–३ का ४७ वर्षीय ध्याल सिंह शेर्पा र मोटरसाईकल पछाडि सवार मकवानपुरको राक्सिराङ गाउँपालिका ४ का अभयकुमार थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

उनका अनुसार सवारी साधन जाँचको क्रममा भैंसेतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा ९३ प ९०६ नम्बरको पल्सर मोटरसाईकललाई रोकी जाँच गर्दा नक्कली सुन एक किलोसहित पक्राउ गरिएको थियो। उनीहरुलाई सुन जस्तो देखिने पहेंलो रंगको चारपाटे आकारको नक्कली सुन, मोटरसाइकलसहित नियन्त्रणमा लिई ठगी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसअघि, हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानमा विभिन्न मितिमा नक्कली सुन देखाई नगदसहित गरगहना ठगी गर्ने घटनाहरू भएकोमा उनीहरूकै संलग्नता हुन सक्ने प्रहरीको दाबी छ।

यसैबीच, प्रहरीले दुई वटा नक्कली लाइसेन्ससहित एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका ६, आमभञ्ज्याङका ना २ ह ३६९१ नम्बरको अटोचालक शिव सञ्जेल रहेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीसहितको चेकिङ्ग टोलीले कान्तिलोकपथ अन्तरगत हेटौंडा ५ पिप्लेमा सवारी जाँचका क्रममा सञ्जेलको साथबाट एउटै चालकको नाममा दुईवटा लाइसेन्स बरामद गरेको हो। उनलाई नियन्त्रणमा लिई सरकारी छाप दस्तखत किर्ते मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७६ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App