१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

सर्लाही- जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकामा ट्र्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ।

रामनगर गाउँपालिका–३, खैर्बाबहुअर्वामा शुक्रबार आफ्नै खेत जोतिरहेको अवस्थामा ना. ३ त ५१९४ नम्वरको ट्र्याक्टर  पल्टिँदा चालक २० वर्षीय रोशन सिंहको मृत्यु भएको हो। जोतिरहको ट्र्याक्टर  खेत छेउकै मनुष्मारा नदीमा खसेको थियो।

ट्र्याक्टर मुनी थिचिएका सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सिंहको शव ट्र्याक्टरले च्यापिएको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले निकालेका थिए।

प्रकाशित: २९ कार्तिक २०७६ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App