श्रमिक बालबालिका दुर्व्यवहार भोग्न बाध्य

बिहिबार, २८ कार्तिक २०७६, १६ : ४६ नागरिक

काठमाडौं- श्रमिक बालबालिकाले मानसिक समस्या र धेरै किसिमका दुर्व्यवहार भोग्नुपरेको एक अध्ययनले देखाएको छ। उद्धार गरी संस्थामा रहेका १०३ बालबालिकामा गरिएको अध्ययनले सबैले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमका दुर्व्यवहार भोगिरहेका नतिजा सार्वजानिक भएको हो।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय मनोविज्ञान विभाग र बेलायतको किग्स कलेजले संयुक्तरुपमा गरेको अध्ययनमा शारीरिक, यौन, भावनात्मक र बेवास्तालगायतमा दुर्व्यवहार र भोगेका जनाइएको छ। ती दुई विश्वविद्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा सार्वजानिक गरिएको अध्ययनमा ६२ प्रतिशत बालबालिकाले ती दुर्व्यवहार र मानसिक समस्याबाट पीडित भएको उल्लेख गरिएको छ। ती बालबालिकामध्ये ३८ बालक र ६५ बालिका रहेका थिए।

उद्धार गरी विभिन्न आठ संस्थामा रहेका १२ देखि १८ उमेर समूहका ती बालबालिकामा सो अध्ययन गरिएको थियो। संवेगात्मक स्वास्थ्यलाई पनि स्वास्थ्यको अभिन्न पाटोका रुपमा लिइन्छ। तर यस क्षेत्रलाई सरकारले ध्यान दिएको देखिँदैन। ‘डिप्रेशन’, ‘एन्जाइटी’ ‘रपोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर’ संवेगात्मक स्वास्थ्यसितसम्बन्धी मानसिक रोग हुन्।

'हामीले यी बालबालिकालाई छनौट गर्नुको मुख्य कारण ती बालबालिकाको जीवनकालमा धेरै किसिमका दुर्व्यवहार भोगेका हुन्छन्, तर मानसिक स्वास्थ्यका अवस्थाका बारेमा खासै जानकारी रहेको छैन', किग्स कलेजका प्राध्यापक एवं अनुसन्धानका टोली नेता जानिफिर एफ लुले भने।

कलिलो उमेरमा मानसिक स्वास्थ्य समस्या र दुर्व्यवहारले समग्र जीवनमा असर पर्दछ। 'मानसिक रोग र दुव्र्यवहारलाई जति चाँडै पहिचान गर्न सकियो र उपचार भयो भने बालबालिकाको समग्र जीवनमा सकारात्मक नतिजा ल्याउँछ', त्रिभुवन विश्वविद्यालय, मनोविज्ञान विभागका प्राध्यापक सन्देश ढकालले भने।

मानसिक समस्या र दुर्व्यवहार भोगेका बालबालिकालाई विशेष तालीम सञ्चालन गरी कसरी अब्बल बनाउन सकिन्छ भन्ने ध्येयले अनुसन्धान गरिएको अनुसन्धान कार्यमा संलग्न त्रिचन्द्र कलेजका मनोविज्ञान विभागका प्रमुख प्रा.डा. नारायणप्रसाद शर्माले भने। यस किसिमको अनुसन्धान नेपालसहित बेलायत र भारतमा पनि एकसाथ गरिएको थियो।






यसमा तपाईको मत

अन्य समाचार

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

२०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा...

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमले एउटा विशिष्ट च्यानल राइम्स मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । ...

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्ट प्रा. लीले आफ्नो  उपभोक्ता वर्गको लागि बिगत दुई महिना अघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका...

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

Ncell Footer Ad