१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पैगम्बर मोहम्मदको जन्म जयन्तीमा हिन्दु पनि सहभागी, भैरहवामा संयुक्त र्‍याली (फोटो फिचर)

भैरहवा– इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९४ औं जन्मोत्सव रुपन्देहीको भैरहवामा पनि धुमधामका साथ मनाइएको छ। २०४७ सालदेखि मदरसा अहले सुन्नत कठौतियाले  आयोजना गर्दै आएको जन्मोत्सव यसवर्ष पनि नगर परिक्रमासहित विविध कार्यक्रम गरि मनाइएको छ।

भैरहवा र आसपास रहेका विभिन्न मस्जिद, मदरसा मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा भव्य र्‍यालीसहित धार्मिक सभा, जीवनी र विश्वभर फैलाएको धार्मिक सन्देशको बारेमा चर्चा गरिएको छ। र्‍यालीमा मुस्लिमलाई साथ दिँदै हिन्दु समुदायका व्यक्ति पनि सामेल थिए। भैरहवासहित दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, चैनपुर, बसन्तपुर, बेनिपुरका मदरसा र मुस्लिम समुदायको हजारौंको सहभागितामा धार्मिक झण्डा, प्लेकार्ड र इस्लामिक सन्देशका साथ नगर परिक्रमा गरी सामूहिक रुपमा जीवनी र सन्देशको चर्चा गरेका थिए।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिनाको १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको थियो। त्यसै दिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि(रबिउलऔवल)को रुपमा मनाउने गर्दछन्। मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्दै आजको दिनलाई मुस्लिम समुदायले महत्वपूर्ण दिनको रुपमा लिने गर्दछन्। 

मुस्लिम धर्मको प्रवर्तक मोहम्मदको जन्मको अवसरमा आजकै दिन बिश्वभरीका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाइने गरिन्छ। सरकारले सार्वजनिक बिदा नदिँदा मुस्लिम समुदायका यस्तो महत्वपूर्ण दिन पनि विद्यालय, कार्यालय र परीक्षामा सामेल भैरहेकाले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा नदिएकोमा गुनासो गरेका थिए।

हर्षोउल्लासका साथ मनाइने मोहम्मद जयन्तीको दिन वर्षौदेखि मुस्लिम सामुदायले सार्वजनिक विदा दिन माग गरे पनि सरकारले आश्वासन मात्र दिदै आएको मुस्लिम अगुवाहरुको आरोप छ। नेपाल सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने भनि २०६९ साल जेठ ७ गते राष्ट्रिय मुस्लिम संयुक्त गठबन्धनसँग लिखित सम्झौता गरे पनि प्रदेश नम्बर २ सरकारले मात्र मोहम्मद जयन्तीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App