एनआरएनएको दायित्व, चुनौती र आगामी नेतृत्व

सोमबार, २० मङि्सर २०७३, १६ : ४७ तुला भट्टचन

झण्डै डेढ दशकभन्दा अगाडी हाम्रा अग्रजहरुले कर्मभूमि बनाएर विदेसिएका नेपालीहरुलाई एउटै मालामा गाँस्ने अभिप्राय स्वरुप एनआरएनएको परिकल्पना गरेका हुन्। सुरुका दिनमा दोहोरो नागरिकता, संस्थाको दर्ता र सामूहिक लगानीलाई आफ्नो मुख्य अभियान बनाई सञ्जाल विस्तार गरेको यो संघ आजका दिनसम्म आइपुग्दा यसको उचाई र चुनौतिहरु दिनानुदिन बढी रहेको छ र नेपालीको मनमनमा पुग्न सफल भएको छ। संस्थागत रुपमा पनि आफ्नो दायरा निक्कै फराकिलो बनाउँदै गएको छ।

एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सीमा सम्पन्न भएपछि त्यसबाट पनि सस्थालाई बृहत बनाउने सिलशिलामा नयाँ अवधारणाले माग्र प्रशस्त गरेको छ। यो सम्मेलन बिगतका सम्मेलनहरु वा बैठकभन्दा पृथक रहेको कुरा धेरै सहभागीहरुले पनि महसुश गरे। देशको समग्र राजनीतिक आर्थिक स्थिति तथा खुला बातावरणका कारण संसारमा नेपालीहरु फैलिनेक्रम बढ्न थाल्यो। विविध कारणले नेपालीहरु जहाँ गए पनि, जहाँ रहेपनि यो शक्ति नेपाल र नेपालीका लागि भन्ने सोचका साथ स्थापना भएको संस्थाले ४० लाख भन्दा बढी प्रवासीको पीरमर्कालाई सम्बोधन गर्नु पर्नेछ। गैरआवासिय नेपाली संघलाई लाग्ने गरेको आरोप हुनेखाने र सम्पन्न मुलुकमा रहनेहरुका लागि मात्रै भयो भन्ने कुरालाई चिर्न जरुरी छ। र बहुसंख्यक नेपाली प्रवासीहरु कामदारका रुपमा छन् तिनीहरुको भावना अनुसार निती नियम र योजनाहरु बन्नु पर्दछ। एनआरएनले विनासकारी भूकम्पका बेला देशका लागि देखाएको सद्भाव सहयोग र त्यसैको निरन्तरता स्वरुप शुरु भएको पुर्ननिर्माणले नेपालको विकासमा साझेदारीको भुमिका खेल्न सक्छ भन्ने प्रमाणित गरेको छ। त्यसैले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले एनआरएनका अध्यक्ष शेष घलेलाई पुर्ननिर्माणका लागि विशेष दुत नियूक्त गरेका थिए। त्यसैले पनि आगामी दिनमा एनआरएनले आफ्नो भवन बनाउने कार्यसँगै विषेश योजनाहरु संचालन भैरहेका छन्।

आजको युगमा सूचना, संचार, बिज्ञान र प्रबिधिमा आएको चमत्कारिक विकासका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुने नयाँ समुदायसँग घुलमिल भै बस्ने नयाँ चलन स्थापित हुँदै गएको छ। विश्वका जुन कुनै समुदाय वा मानिससंग मिलेर बस्ने सामान्य जस्तै हुँदै गएको छ। यसरी सामाजिक फड्को मार्दै गर्दा आउदो पुस्तामा आफ्नो पहिचान, संस्कृति, नेपाली मन नेपालीपनको अनुभूति गराउनु आजको मुख्य चुनौती बनिसकेको छ। यस्ता पहिचान र सस्कार एवं सस्कृति जोगाउने काममा पनि एनआरएनले आगामी दिनमा विशेष पहल गर्नुपर्दछ।

न्यूजर्सीको क्षेत्रिय भेलामा एक बर्ष बाँकी भएपनि एनआरएनमा चुनाव लागेको भान पर्‌यो। नेतृत्वका लागि आकांक्षीहरुले आफ्नो दावेदारीसहित छलफल चलाए। स्वभाविक रुपमा सस्था ठूलो भएपछि त्यसका लागि नेतृत्व गर्ने आकाक्षीहरु बढ्नु स्वाभाविक पनि छ। तर संस्थाले लिएको बाटोलाई कसले संयम र स्वच्छ ढंगले डोर्‍याउन सक्दछ भन्ने कुरा प्रमुख हो।

आज संस्थाले १३ वर्ष पार गर्दै गर्दा एनआरएनएप्रति नेपालीहरुको आशा, भरोशा र निर्भरता बढ्दो छ। नेपाल सरकार एनआरएनले केही गरोस भन्ने चाहन्छ। सर्बसाधारण नेपाली एनआरएनले केही गरोस् भन्ने अपेक्षा राख्न थालेका छन्। दैवीप्रकोप, आपद विपद पर्दा सर्बसाधारण नेपालीले देश होस् वा विदेश केही गरोस भन्ने अपेक्षा गर्ने आशाको संस्था बन्न थालेको छ। विदेशी सरकारी तथा गैह्र सरकारी निकायहरु पनि नेपाल सरकारको झन्झटिलो प्रक्रियाभन्दा एनआरएनको केही कामप्रति प्रभावित भएर सहकार्य गर्न तयार हुन थालेका छन्। वर्तमान नेतृत्व १३ वर्ष अगाडीको एनआरएन, आजको एनआरएन र २० पछाडीको एनआरएनको स्थितिप्रति गम्भीर देखिन्छन्। त्यसै अनुरुपको नीति तथा कार्यक्रमलाई छलफलमा ल्याई छिटो भन्दा छिटो कार्यन्वयन गर्न दिलो ज्यान दिएर लागेका छन्। त्यही नै हो भिजन २०२० एण्ड बियोण्ड नारासहितको नवौ क्षेत्रिय सम्मेलन। यसलाई छलफलको विषय मात्रै होइन व्यवहारिक रुपमा पनि कार्यन्वयन गर्नु जरुरी छ।

दीर्घकालीन सोच भएका दूरदर्शी स्वम्सेवी नेतृत्व तथा कुशल कार्य क्षमता भएका तलबी प्रशासन संयन्त्रको माध्यमबाट मात्र अबका दिनमा यो बिशाल एनआरएनलाई हाँक्न सकिन्छ भन्ने हाम्रो ठहर छ। क्षेत्रिय सम्मेलनमा पनि विश्वभरबाट जम्मा भएका एनआरएनका अभियान्ताहरुले त्यही कुरालाई जोडतोडका साथ उठाए। त्यसै अनुरुप आवश्यक काम कारवाहीको थालनी गर्न यो सम्मेलनले कार्यसमितिलाई म्यान्डेट दिएको छ। सम्मेलनले दिएको जनादेश अनुसार एनआरएनले सचिवालयलाई आर्थिक र प्रसाशनिक रुपमा सबल बनाउदै जानु पर्दछ। यसको लागि सामुहिक प्रयास, बिश्वाव्यापी अभियान, सबल, समाबेशी र दूरदर्शी एनआरए टिमवर्क आवश्यक पर्दछ जसको मार्गचित्र कोरी सकेको छ।

प्रवासमा बसेका नेपालीले स्वदेशका लागि केही गर्न सक्छन् भन्दा केही वर्षअघिसम्म अनौठो लाग्थ्यो र सरकारी पक्षले त्यसलाई सुनेको नसुन्यौ गर्दथ्यो तर आज विकासका लागि साझेदार बन्न थालेको छ। त्यसैबेला भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाले स्वदेशको विकासका लागि ज्ञान तथा पुजी स्रोतको रूपमा बाहिर रहेका आफ्ना नागरिकलाई महत्व दिनथालेका थिए। अरू मुलुक पनि विदेश बस्ने आफना नागरिकलाई आकर्षण कार्यक्रम एवं सुविधाका प्याकेज घोषणा गर्दै थिए। त्यहि छिमेकी मुलुक भारतमा एनआरआईको उच्चतम भुमिका रहेको छ देश बनाउन।

छिमेकका नागरिक धमाधम संगठित हुने र स्वदेश गएर विश्व सम्मेलन गर्न थालेपछि गैरआवासीय नेपालीले सन् २००३ मा पहिलो गैरआवासीय नेपाली सम्मेलन गर्ने निर्णय गरे। नेपाल उद्योग वाणिज्य महासंघ र सरकार दुवै आयोजक बन्न तयार भए। सन् २००३ को अक्टोबर ११ देखि १४ सम्म २ सय ५० गैरआवासीय नेपाली र ३ सयजति आवासीय नेपालीको सहभागितामा 'नेपालीका लागि नेपाली' नारासहित पहिलो सम्मेलन भयो। त्यो बेलादेखि आजसम्म आई पुग्दा सस्था जसरी विश्वभर पुगेको छ त्यति नै सस्थाका चुनौतिहरु बढ्दै गएका छन्।

शुरुका चरणमा आन्तरिक द्वन्द्व हुँदा पनि विदेशका नेपालीले एकता प्रदर्शन गरे। राजनीतिक दलहरूले पनि समर्थन गरे। गैरआवासीय नेपालीमध्ये को नेपाली पासपोर्टधारी, को विदेशी नागरिक, को व्यवसायी, को कामदार, को विशेषज्ञ सबै अन्तरसम्बन्ध सुधारका लागि एक हुन लालायित थिए। नेपाल आउन जान, बस्न, व्यवसाय गर्न परेका समस्या समाधान गर्न एकै मालामा गासिए। त्यसैले पनि होला नेपाल सरकारले एनआरएनका मागहरु विस्तारै सम्बोधन गर्दै गएर विशिष्ट प्रकारको नियम बनाएर सस्था दार्ता भएको छ। हामीले माग गरे झै दोहोरो नागरिकता पनि कायम राख्ने कुरा नयाँ सविधानमा उल्लेख भएका छन्। लगानीका लागि सरकारले खुकुलो नीति अबलम्बन गरेको सन्र्दभमा अब हामीले पनि केहि गरेर देखाउने बेला आएको छ।

न्यूजर्सीको क्षेत्रिय भेलामा पुग्दा कतै झण्डै एक बर्ष बाँकी भएपनि एनआरएनमा चुनाव लागेको भान पर्‌यो। नेतृत्वका लागि आकांक्षीहरुले आफ्नो दावेदारीसहित छलफल चलाए। स्वभाविक रुपमा सस्था ठूलो भएपछि त्यसका लागि नेतृत्व गर्ने आकाक्षीहरु बढ्नु स्वाभाविक पनि छ। तर संस्थाले लिएको बाटोलाई कसले संयम र स्वच्छ ढंगले डोर्याउन सक्दछ भन्ने कुरा प्रमुख हो।

मुख्यतय संस्थहरु हजारौं जन्मन्छन तर थोरैले मात्रै उदेश्य प्राप्ति गरेका हुन्छन्। यस्तो बेला हामीले जसरी संस्था स्थापना गरेर यो विशाल लक्ष्य प्राप्तिका लागि संघर्षरत छौं। यही बेला हामीले हरेक एनसिसिदेखि आईसिसिसम्म नेतत्व चयनको बेला संघारमा आई पुगेकोले संस्थाको मर्म बुझेको र संस्थालाई नेतृत्व दिनसक्ने नै हाम्रो रोजाईमा पर्नु पर्दछ। जसबाट सस्थाको सस्थागत मान्यतालाई आत्मसाथ गर्दै मातृभुमिका लागि योगदान दिने सवालमा सक्षम हुनेछ।

(लेखक गैरअावासीय नेपाली संघ क्यानडा राष्ट्रिय समन्वय परिषद सदस्य हुन्)








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad