१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कालापानी र लिपुलेक हडप्ने भारतीय नक्सा सच्याउन कांग्रेसको माग, भीम रावल पनि बोले

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।

भारतले कालापानी र लिपुलेकलाई पनि आफ्नो भुभाग दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेको छ। जसको नेपालमा चर्काे विरोध भएको छ। यसैक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत दिल्लीबाट जारी नयाँ नक्साप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै शर्माले भनेका छन्, ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर गम्भीर पहलकदमी गरोस्। नेपाली माटोका बारेमा कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ।’

त्यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले भारतीय नक्साबारे नेपालको धारणा बनाउन सर्वदलीय बैठक बोलाउनुपर्ने बताएका छन्। रावलले ट्वीटरमा सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक माध्यमबाट पहल गर्न सरकारलाई सुझाव दिएका छन्। 

उनले लेखेका छन्, ‘नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ। यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक माधयमबाट तत्काल कुरा गरिनुपर्छ। भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो।’

यसअघि राप्रपाले पनि विज्ञप्ति जारी गरेर नयाँ नक्साबारे तत्काल कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको थियो। 

प्रकाशित: १९ कार्तिक २०७६ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App