१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यालय भवन बन्यो गोठ

दुई वर्षदेखि निमार्ण अलपत्र बनेको भवनमा गाई गोरु बस्दै, भवन वरिपरी झारपातले छप्पकै । फोटो सुमन/नागरिक

मुगु– छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँमा रहेको विद्यालय भवन निर्माण कार्य शुरु गरिएको दुई वर्ष बितेको भएपनि अझै छानो छाएको छैन्। श्री नमुना आधारभुत विद्यालय लापुको विद्यालय भवन निर्माण कार्य थालनी गरेको दुई वर्ष भए पनि छानो नछाउँदा भ्वाङ हुनुका साथै विद्यालय भवन जिर्ण र गाई गोरु बस्ने गोठ भएको हो।

विद्यालय भवन खुल्ला भएकाले चौरमा चरन गएका गाई, गोरु विद्यालय भवनभित्र जाने बस्ने दिशा गर्ने गरेका छन्। जिल्ला शिक्षा समन्वय कार्यालयबाट दुई वर्ष अघि १६ लाखमा भवन निर्माण गर्ने सम्झौता अनुसार काम भएको भए पनि दुई वर्ष बिति सक्दा पनि विद्यालय भवन भ्वाङ छ। अहिले विद्यालय वरीपरि झारपात उम्ररिएको छ। विद्यालय भवनमा छाडा पशुवस्तु बस्ने गरेका छन्।

विद्यालय भवन निमार्ण सम्पन्न नहुँदा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई एकै कोठामा बसेर पढ्नु परेको विद्यार्थीले गुनासो गरेका छन्। भौगोलिक कठिनाई र समाना ढुवानीमा समस्या भएको र सामान ढुवानीको जिम्मा लिएकाले समयमै समान ढुवानी नगरिदिदा विद्यालय भवन भ्वाङ भएको श्री नमुना आधारभुत विद्यालयका प्रधानध्यापक कैलाश बढुवालले बताए। उनका अनुसार सामान तराईबाट ल्याउनुपर्ने भएकाले कहिले सडक बन्दको समस्या कहिले अन्य समस्याले सामान ढुवानी नुहददाँ विद्यालय भवन भ्वाङ भएको बढुवालको बताए।

सामान सदरमुकाम गमगढीमा आईपुगेकाले अबको एक महिनाभित्र विद्यालय निर्माणको कार्यसम्पन्न गर्ने प्रधानध्यापक बढुवालको भनाई छ। यसैबीच श्री नमुना आधारभुत विद्यालय लापुमा एक शिक्षकको भरमा विद्यालय सञ्चालित छ। कक्षा १ देखि ३ सम्म पढाई सञ्चालन हुने नमुना आधारभुत विद्यालय एक जना शिक्षकले पठनपाठन गराउँदै आएका छन्।

शिक्षक काम बिशेषले सदरमुकामतिर आएमा विद्यालय बन्द गर्नुको विकल्प नभएको विद्यालय व्यवस्थापन समितका अध्यक्ष रुपसिहं कामीले बताए। शिक्षक दरबन्धीका लागि धरै ठाउँमा पहल गरेको भए पनि सुनुवाई नभएको अध्यक्ष कामीको गुनासो छ।  

२०६१ सालमा स्थापना भएको विद्यालयमा शिक्षकलाई समुदायले राहत शिक्षकबाट तलब खुवाउँदै आएका भए पनि यो आर्थिक वर्षबाट छायाँनाथ रारा नगरपालिकाले उक्त शिक्षकलाई दरबन्धीमा राखेपछि समुदायलाई सहज भएको छ। कक्षा १ देखि ३ सम्म ३५ विद्यार्थी छन्। एक जना शिक्षकले पढाउनु परेको छ। शिक्षक काम बिशेषले बाहिर गए विद्यालय बन्द हुने र विद्यार्थी घरमै बस्ने गरेका अभिभावक शेरे विकले बताए। 

प्रकाशित: १९ कार्तिक २०७६ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App