१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

युवाहरु मिलेर खोले ६ करोडमा लिडाज गार्मेन्ट उद्योग

बुटवल – लत्ताकपडाका लागि नेपालबाट वार्षिक अर्बौं रुपैयाँ विदेसिरहेका बेला रुपन्देहीको तिलोत्तमामा युवाहरुले अत्याधुनिक प्रविधिको गार्मेन्ट उद्योग खोलेर कपडा निर्यातको तयारी थालेका छन्। वैदेसिक रोजगारीबाट फर्केका ५ जना युवाहरु मिलेर ६ करोडको लगानीमा तिलोत्तमा ३ संकरनगरमा लिडाज फेसन निटवेयर प्रा.लि  सञ्चालन गरेका हुन।

तिलोत्तमाका युवाहरु ईन्द्र खड्का, लक्ष्मण भण्डारी, सुरेश भण्डारी, डम्बर तिवारी र श्रवणकुमार अग्रहरीको संयुक्त लगानी रहेको यो उद्योग पश्चिम नेपालकै पहिलो अत्याधुनिक प्रविधियुक्त गार्मेन्ट भएको दावी लगानीकर्ताले गरेका छन। 

अत्याधुनिक प्रविधिबाट उत्पादित कपडा देशका मुख्य शहरहरुसगै निकट भविष्यमा युरोप अमेरिकामा समेत निर्यातको तयारी भइरहेको लिडाज फेसन निटवेयर प्रा.लिका अध्यक्ष इन्द्र खड्काले जानकारी दिए। उद्योगबाट हाल उलन, कटन तथा एक्रेलिक धागोबाट उच्च प्रविधिको कम्प्युटराईज मेशिनबाट अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुरुपका तयारी कपडाहरु उत्पादन हुँदै आएको छ। 

हाल उद्योगबाट दैनिक सरदर ३ सय थान तयारी कपडा उत्पादन हुँदै आएको छ। बजारको माग र आवश्यकता अनुसार उद्योगको क्षमता बढाउँदै लैजाने उद्योगका सञ्चालक डम्बर तिवारीले बताए। उद्योगबाट अहिले ४० प्रकारका डिजाइन्दार लेडिज जेन्स तयारी कपडा उत्पादन भइरहेको छ।उद्योगमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन।

र्चाडपर्वको अबसरमा छठ सम्म उद्योगले आफना उत्पादनमा विशेष छुटको समेत व्यवस्था गरेको छ। उद्योगका उत्पादनहरुको बजार प्रबद्र्धन गर्ने उद्येस्यले प्रालिले आफनै शो रुम पनि खोलेको छ। उद्योगको एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उदघाटन गरे।

कार्यक्रमका बोल्दै पूर्वमन्त्री समेत रहेका नेता खाँणले मुलुकको समृद्धिकालागि औद्योगिक क्षेत्रको लगानी अपरिहार्य रहेको र लगानीको बातावरण तयार गरीदिने दायित्व सरकारको भएको बताए। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले स्थानीय सरकारबाट हुनुपर्ने लगानी मैत्री वातावरण निर्माणमा आफू लागिपरेको बताए।

उद्योगले छठ सम्म आफना उत्पदनहरुमा ४० प्रतिशत सम्म छुटको व्यवस्था गरेको प्रालिका अध्यक्ष खडकाले जानकारी दिए। लिडाज गार्मेन्ट उद्योगबाट उत्पादित तयारी कपडाको बजार बुटवल, भैरहवाका साथै छिमेकी जिल्ला तथा काठमाण्डौ र पोखरामा राम्रो रहेको र छिट्टै  नेपालका अन्य शहरमा समेत बजार विस्तार गरिने उद्योगका संचालक डम्बर तिवारीले जानकारी दिए।

दुइ बर्ष अघि ५ जना युवाहरु मिलेर खोलेको यो उद्योग अहिले पुर्ण रुपमा संचालनमा आएको र बजार बिस्तारसगै माग बढी रहेको उनले बताए। उद्योगबाट उत्पादिन तयारी कपडाहरु युरोप तथा अमेरिकामा निर्यातको तयारी भइरहेकाले निकट भविष्यमा बिदेशमा समेत आफना उत्पादन पुरयाउने प्रालिका अध्यक्ष खडकाले बताए।

त्यस्तै नेपाल भ्रमण बर्ष २०२० लाई प्रबद्र्धन गर्ने गरी भिजिट नेपाल २०२० लोगो अंकित हाईनेक र स्वेटर समेत उत्पादन गरी स्वदेश तथा विदेशमा विक्री वितरणको तयारी भइरहेको पनि उनले बताए।

प्रकाशित: १७ कार्तिक २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App