१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रक दुर्घटनामा चालकको मृत्यु

पाँचथर– मेची राजमार्ग अन्तर्गत जिल्लाको भारपामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान साढे चार बजे भारपा– ६ को गुराँसे भन्ने ठाँउमा झापाबाट सामाग्री लिएर ताप्लेजुङ गहिरेको ट्रक सडकबाट खस्दा चालक फिदिम नगरपालिका–३ का मन कुमार राईको मृत्यु भएको हो ।

ट्रकमा राईमात्र सवार रहेको प्रहरीले जानकारी दिएको छ । मे.१.ख १८४९ नम्बरको खाद्यान्न बोकेको ट्रक अनियन्त्रित भई दुर्घटना भएको अनुमान लागाइएको छ । ट्रक सडकबाट दुई सय  फिट तल झरेकोप्रहरीले जानकारी दिएको छ । ट्रक र समान पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ।

प्रकाशित: १८ मंसिर २०७३ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App