एक प्रकाश वर्ष भन्नाले प्रकाशले एक वर्षमा गर्ने तय गर्ने दुरी हो। सूर्यबाट प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट १७ सेकेन्ड लाग्छ। हालसम्मका सिद्धान्तअनुसार प्रकाशको गतिभन्दा तीव्र यो ब्रह्माण्डमा केही पनि छैन। त्यसैले ब्रह्माण्डको अध्ययन प्रकाश वर्षमा गरिन्छ।
खगोलीय अध्ययनमा पहिले विभिन्न तथ्यलाई राखेर ग्रह रहेको दाबी गर्ने र पछि त्यसको भौतिक उपस्थिति खोज्ने गरिन्छ।
'सैद्धान्तिक आधारमा दाबीपछि प्रयोगात्मक रुपमा खोज्ने गरिन्छ। ब्रह्माण्डको अध्ययनमा यो सामान्य नियम हो,' सत्यालले भने, 'यसअघि पनि पहिले विभिन्न तथ्य अध्ययन गरेर ग्रह भएको दाबी गर्ने र त्यसको प्रयोगात्मक रुपमा खोज्ने काम भएका छन्।'
अहिले पनि सौर्यमण्डलभित्रै नयाँ ग्रहको रहेको दाबी गरिए पनि त्यसलाई भौतिक रुपमा भेटिसकिएको छैन। विभिन्न तथ्यका आधारमा यसलाई नवौं ग्रह भनिएको छ।
'सौर्यमण्डलको नवौं ग्रहबारे गरिएको दाबीभन्दा बढी विश्वसनीय आधार हामीले पत्ता लगाएको ग्रहमा छ,' सत्यालले भने।
उनका अनुसार उक्त ताराका बारे प्राप्त विभिन्न तथ्यलाई सुपर कम्प्युटरमा राखेर एक अर्ब वर्षको गणना गर्दा पनि उक्त ग्रहको अवस्थिति एकै प्रकारको देखिएको छ।
ताराबाट निस्कने प्रकाशका आधारमा खगोलशास्त्रीले विभिन्न विषयको अनुमान लगाउने गर्छन्। त्यसको आयु, पिण्ड (तौल), स्थायित्व र घुम्ने तरिका रहेका छन्। खगोलीय विधि र प्रविधिको विकास हुँदै जाँदा ताराको गुरुत्वाकर्षण शक्तिका आधारमा नदेखिने ग्रहहरु रहेको दाबी गरिन्छ।
प्रकाशको इलेक्ट्रोम्याग्नेटिक स्पेकट्रम तथ्य प्राप्त हुने गर्छन्। सो तारामा यसअघि पनि दुइटा ग्रह पत्ता लागिसकेको छ। दुवै ग्रह सन् २०१० र सन् २०१४ मा पत्ता लगाइएको हो।
सो तारालाई परिक्रमा गर्ने 'गिल्स ८३२ सी' नामको ग्रह सन् २०१४ मा पत्ता लाग्दा संसारभर पृथ्वीजस्तै ग्रह भनेर ठूलो चर्चा भएको थियो।
'हामीले पत्ता लगाएको ग्रह ताराभन्दा शुन्य दशमलब २५ देखि २.५ एस्ट्रोनोमिकल युनिट (खगोलीय इकाइ) पर छ,' सत्यालले भने, 'यो ग्रह पनि बसोबास गर्ने योग्य हुनसक्छ।'
एक खगोलीय इकाइमा भनेको सूर्य र पृथ्वीबीचको दुरी हो।
नयाँ ग्रहको आकार भने पृथ्वीको आधादेखि १५ गुणा ठूलोसम्म हुन सक्ने सत्यालले बताए।
प्रकाशित: २२ वैशाख २०७३ २२:३१ बुधबार