६ वैशाख २०७८ सोमबार
अन्तर्वार्ता

‘सेप्टेम्बरका लागि पूर्वतयारी गराैं, तर, पाहुना आउँदा २०२२ लाग्न सक्छ’

नीजि क्षेत्रलाई व्यवसाय जोगाउन र सरकारलाई कुर्सी जोगाउने चिन्ता छ

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई । तस्बिरः सन्तोष पोखरेल÷नागरिक

कोरोना भाइरस महामारीले पर्यटन क्षेत्र थलिएको झन्डै एकवर्ष पुग्न थालेको छ । पोहोर चैत ११ देखि मुलुक लकडाउनमा परेपछि सुरुका केही महिना सबै गतिविधि ठप्प भए । झन्डै ६ महिनापछि बल्ल गतिविधि सुचारु हुँदै गर्दा पर्यटन क्षेत्रमा पनि चहलपहल बढ्न थालेको थियो । लामो समय बन्द रहेको व्यवसाय खोलेर पर्यटन व्यवसायी पाहुनाको पर्खाइमा रहँदा आन्तरिक पाहुनाको चलायमानले केही उत्साही भएपनि पर्यटन क्षेत्र अझै पनि कठिन अवस्थामा रहेको व्यवसायीको गुनासो छ । पर्यटनमा कोरोनाको अप्ठेरो र व्यवसायीको अबको तयारीबारे पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराईसँग नागरिकन्यूजका लागि सन्तोष पोखरेलले गरेको कुराकानीः

कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिएको झन्डै एकवर्ष पुग्नै थाल्दा पोखराको पर्यटन व्यवसायको पछिल्लो अवस्था कस्तो छ ?

अहिलेको अवस्थामा हामी जेनतेन आन्तरिक पर्यटनको भरमा मात्र चलेका छौ, तर पूर्णआकारका धानिएको भन्न मिल्दैन । अहिले पोखराका होटलको अकुपेन्सी बढिमा १० प्रतिशत छ, त्यो सबै आन्तरिक पर्यटकको भरमा हो । कठिन अवस्थामा पनि अगाडि बढ्न आन्तरिक पर्यटकको साथ मिल्नु त सकारात्मक नै हो, तर, दीर्घकालिन रुपमा टिकाउ हुन आन्तरिकको भरमा मात्र सम्भव छैन । त्यो बेला विदेशी पाहुना नभई हुँदैन । आन्तरिक पर्यटक आउजाउ गर्नु राम्रो हो । तर, लगानी अझै जोखिममा छ । रेस्टुरेन्टमा मात्र आन्तरिक पाहुना आएर चल्दैन । छिटो भन्दा छिटो विदेशी पाहुना भिœयाउन जरुरी छ । होटलमा प्रयाप्त अकुपेन्सी नबढेसम्म आन्तरिक पर्यटक बढे भनेर भन्न सकिन्न ।  

पर्यटन क्षेत्रका लागि एकवर्षको कठिन अवस्था कसरी बित्यो ?  

एकवर्षको अवधिमा सुरुवातताका त हामी आफै पनि सुरक्षित रहनुपर्ने अवस्था आयो । सरकारले भने अनुसार व्यवसाय बन्द गरेर सुरक्षा सावधानीमा रहन बाध्य भयौं । लकडाउनका कारण व्यवसाय बन्द भयो । महिनौ पछि सरकारले व्यवसाय खोल भनेपछि खोलियो पनि । तर, सरकारले व्यवसायी बचाउने काम गरेन । हामीले त व्यवसायीको दायित्व पुरा ग¥यौ, तर, अभिभावकको रुपमा रहेको सरकारले खासै काम गरेर । सरकारले अब नीति बनाउँदा पर्यटन क्षेत्रलाई रुग्ण उद्योगको रुपमा हेर्नुपर्छ । अब पनि व्यवसायी मैत्री नीति ल्याउन नसकेमा पर्यटन व्यवसायी अझ बढि बिस्थापित हुनेछन् । यो बेला बैंक तथा वित्तीय संस्थाले पनि व्यवसायीलाई तनाव दिए । त्यसैले राहतका प्याकेज ल्याएर पर्यटन क्षेत्रलाई पूर्नजीवन दिन जरुरी छ ।  

कोरोनाका कारणले व्यवसाय धान्न नसक्दा धेरै व्यवसायी पलायनको अवस्था आयो भन्ने सुनिन्छ । खासमा व्यवसायी पलायनको अवस्था कसरी आयो ?  

धेरै व्यवसायीले घर भाडामा लिएर व्यवसाय चलाएका थिए । पोखराको लेकसाइडको घरभाडा पनि अन्यत्रको तुलनामा निकै नै महंगो छ । अझै २–३ वर्ष पर्यटक आउँदैनन भनेर कतिपय व्यवसायीले व्यवसायको घाटा बेहोर्न छाडेर घर फर्किएर खेतीपाति सुरु गरेका छन् । बैंकको ऋण तिर्नै नसक्ने अवस्था आएपछि केही व्यवसायी पलायन पनि भए । विदेशी पाहुना मात्र निर्भर व्यवसायी पनि पलायन भएका छन् । अहिले केही आन्तरिक पाहुनाको भरमा व्यवसाय चलाए पनि व्यवसायीले कमाएका छैनन, सिमित आन्तरिक पाहुना आउँदा व्यवसायी उभिन मात्र सकेका छन् । तर उनीहरुलाई सहज छैन । दुईवर्षपछि पर्यटक आउँलान् र व्यवसाय सुरु गरौंला भनेर व्यवसाय छाडेका व्यवसायी पनि प्रयाप्त छन् ।  

पर्यटन क्षेत्रमा अबको बाटो के हो र कसरी अघि बढ्दैछ ?  

अहिलेको समस्या विश्वव्यापी हो । किनकी कोरोनाको असर नेपालमा मात्र नभई विश्वव्यापी छ । तर यही अप्ठेरोमा पनि आउजाउ गरेका सिमित आन्तरिक  पर्यटकलाई पनि हामीले मेरुदण्ड मान्नुपर्छ । त्यसैले अब सरकारले व्यवसायी बचाउनुपर्छ । आन्तरिक पाहुनाको आगमन र बसाई अवधि बढाउन पेइङ होलिडे पनि कार्यन्वयन गर्न सक्नुपर्छ । त्यसले आन्तरिकको चहलपहल बढ्छ  । शनिबार र आइतबार बिदा दिँदा पनि पर्यटनमा सहज हुन्छ । सातवटा प्रदेशका सरकार प्रमुख र स्थानीय तहका पदाधिकारीले एकअर्का प्रदेशमा कर्मचारीलाई घुम्न पठाएर पनि सघाउनुपर्छ । नगरपालिका–नगरपालिका घुम्ने गरि जनस्तरमा घुम्ने माहोल बनाउनुपर्छ । छिमेकी देशका नाका खुलाएर सावधानी अपनाएर चीन र भारतका पाहुनालाई घुम्न बोलाउनुपर्छ । भारत र चीन हाम्रा पाहुना भित्रिने ठुला श्रोत हुन् । नेपाल घुमघाम सहज छ भनेर प्रचारप्रसार गर्नुपर्छ ।  

एकवर्षदेखि थलिएको पर्यटन क्षेत्र पहिलेको अवस्थामा आउन कति समय लाग्ला ? 

भारतीय पाहुना अहिले फाट्टफुट्ट आउन थालेका छन, तर, उनीहरु आफ्नो गाडीमा आउन पाएका छैनन् । चिनियाँहरु पनि नेपालको अवस्था बुझ्न आउने तयारीमा छन् । चिनियाँहरुले यहाँको स्वास्थ्य सावधानीबारे जानकारी लिइरहेका छन् । व्यक्तिगत रुपमा घुम्न निस्कन चीनमा अनुमति दिन थालिएको हामीले बुझेका छौ । तर, समुहमा आउन भने अझै केही समय लाग्छ । यो सेप्टेम्बरमा परीक्षणको रुपमा समुहमा पठाउने र आगामि वर्षमात्र बल्ल समुहमा चिनियाँ पाहुना आउन सक्ने हाम्रो अनुमान हो । छिमेकी मुलुकका पर्यटक भिœयाउन सकियो भने बल्ल सहज हुन्छ । त्यसैले अझै केही समय हामीले पाहुनाका लागि कुर्नैपर्ने बाध्यता छ ।

कोरोना अप्ठोरोका एकवर्ष व्यवसायीले के काम गरे ? कोरोनाको एकवर्ष अवधिमा व्यवसायी कसरी बसे ?

कोरोनाको सुरुमा हामी घरबाहिर निस्कन पनि सकेनौ । त्यसपछि सहज हुँदा पनि हामीले कसरी अघि बढ्ने भनेर छलफलमा जान सकेनौ । राज्यले पनि यो अवधिमा पूर्वाधार बनाउनमा ध्यान दिन सकेन । पर्यटकीय गतिविधि चलायमान बनाउने काममा राज्यबाट पनि हुन सकेन भने व्यवसायीले पनि ध्यान पनि दिन नसकेकै हो । अब व्यवसायीले ढिला नगरी पहूँचमा जोड दिएर कर्मचारीलाई प्रयाप्त तालिम लिएर तयारी गर्नुपर्छ । व्यवसाय संचालनको लागि प्याकेज र नयाँ मोडालिटी तय गर्नुको विकल्प छैन । आधिकारीक रुपमा अहिलेसम्म प्याकेज पनि घोषणा गरेका छैनौ । तर, अब सबैलाई मिल्नेखालको प्याकेज ल्याउन सक्ने हो भने सहज हुन्छ । सबैका लागि सहज हुने प्याकेज बनाउने प्रयासमा छौ । प्याकेज बनाएर संयुक्त रुपमा आन्तरिकलाई पोखरा घुम्न आउ मात्र नभनेका हौ, तर भिन्दाभिन्दा व्यवसायिक संस्थाले भने प्याकेज बनाएर र व्यक्तिगत रुपमा पनि पाहुनालाई पोखरा बोलाउने काम गरिरहेका छन् ।

आन्तरिकको भरमा चलायमान बनेको भनिएको पर्यटन क्षेत्रमा थप आन्तरिक पाहुनालाई पोखरा तान्ने योजना के छ ?  

अहिले त हामी व्यवसायी नै व्यवसाय कसरी धान्ने भन्ने चिन्तामा छौ । अहिले आन्तरिकको भरमा बाँचेका मात्र हौ । पोखराको पर्यटन व्यवसायमा विविधता छ । त्यसैले पनि एकैखालको प्याकेज नबनेको हो । फेरि, आन्तरिक पाहुनामा अझै प्याकेजमा घुमफिर गर्ने बानी विकास भईसकेको छैन । अहिले तत्काल नयाँ प्रडक्ट दिन पनि सकिएको छैन । आन्तरिकलाई पोखरामा भुलाउने र बसाई अवधि बढाउने हो भने केही पूर्वाधार बनाउनुपर्छ । आन्तरिकलाई दिइने छुटको लागि व्यवसायी आफैले प्याकेज बनाएका छन र त्यही अनुसार विभिन्न ठाउँमा पुगेर प्रवद्र्धनका काम पनि गरेका छन् । प्रवद्र्धनमा भएका यी गतिविधिले आगामि दिनमा पोखरामा थप आन्तरिक पाहुना भित्रिनेमा आशावादी छौ ।

विश्वका अरु धेरै मुलुक यो बेला नै विदेशी भिœयाउने रणनीतिमा लागिसकेका छन् । तर, हाम्रोमा ढिलाई भएकै हो । अरु मुलुकले प्याकेज ल्याउने र सरकारले नीति बनाएको छ । नेपालमा साहसिक पर्यटकका लागि सुरक्षित छ भनेर बोलाउने हो भने विदेशी आउनेछन् । तर त्यही काममा पनि ढिलाइ भएको छ । अबको पर्यटन सहर भन्दा बाहिरका क्षेत्रमा बढ्नेछ । साहसिक पर्यटकलाई नेपाल नआई हुँदैन । त्यसैले नेपाल सुरक्षित छ भनेर विशेष प्याकेज बनाएर  साहसिक पाहुना बोलाउनुपर्छ । आगामि सेप्टेम्बरका लागि पूर्वतयारी गरौ, तर, देखिनेगरि पाहुना आउँदा २०२२ लाग्छ ।

पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा गण्डकी प्रदेश सरकारको भूमिका कस्तो पाउनु भएको छ ?  

पर्यटकीय सहर भएकोले पोखरा पर्यटनमा आत्मनिर्भर छ । लेकसाइडमा पाहुना नहुँदा महेन्द्रपुल सुनसान बनेको छ । पर्यटनसँग कृषि, पशुपालन पनि जोडिन्छ । राजनीतिमा अस्थिरतामा रहँदा पर्यटनका लागि मात्र भनेर प्रदेश सरकारमा केही जागरुकता नदेखिएको अनुभव हामीलाई भएको छ । तर, साना व्यवसायीलाई जीवनरक्षा कोष भनेर भनेपनि सरकारले ल्याएको छ । सरकारले साना व्यवसायी जोगाउने प्रयत्न त गरेको छ, तर, व्यवसायीले त्यसमा उत्तिसारो रेस्पोन्स पाएका छैनन । प्रदेश सरकारले यो बेला पर्यटनमै तोकेर केही नीति बनाएको छैन । पर्यटनलाई बचाउने हो भने व्यवसायी जोगिन्छन् । पूर्वाधारमा प्रदेश सरकारको भूमिका रहन्छ । अब प्रदेश सरकारले पर्यटनमा नयाँ भूमिका निभाउनुको विकल्प छैन ।

संघीय वा प्रदेश सरकारले कुनै नीति ल्याउनासाथ व्यवसायी सुरुमा खुसी हुन्छन, तर पछि गएर त्यही नीतिको आलोचना गर्छन । किन ?  

राम्रो कुरा सुन्दा स्वागत गर्ने व्यवसायीको मात्र नभई सबै नेपालीको संस्कार हो । तर कार्यन्वयन पक्ष हामीकहाँ निकै नै कमजोर छ । अहिले पोखराका पर्यटन व्यवसायी दिनहँ तनावमा छन् । व्यवसाय कसरी धान्ने पनि चिन्ता व्यवसायीमा छ । प्याकेजको बारेमा सोच्न पनि सक्ने अवस्था छैन । पीडामा रहेका व्यवसायी सरकारको नयाँ नीति सुन्दा खुसी हुन्छौ, तर, पछि कार्यन्वयन हुँदैन, त्यो बेला दुखि हुन्छौ । प्रदेश, स्थानीय सरकारबीच कताकता काममा तालमेल नभएको पो हो की भनेर हामीले अनूभुति गरेका छौ । हाम्रो मर्म र भावना अनुसार काम नभएको हामीले बुझेका छौ । बाहिरबाट हेर्दा सरकारले हाम्रो समस्या बुझेजस्तो लाग्छ, तर, कार्यन्वयन नीति फितलो छ । जस्तै रत्नमन्दिर, हिमागृह खोल्ने र फेवाताल वरिपरि फुटट्रयाक बनाउने भन्नेमै अलमल देखियो ।  

पर्यटनमैत्री गतिविधि नहुँदा पछिल्लो समय आन्तरिक पाहुनाले नै पोखरालाई छाड्न थाले भन्ने गुनासो छ नी ?  

पोखरा आफैमा राम्रो हुँदा पनि नयाँ प्रडक्ट दिन नसकेका कारण यसले पछि समस्या ल्याउन सक्ने हाम्रो अनुमान छ । आन्तरिक पाहुनालाई खुसी बनाउन नसक्दा विदेशीलाई झनै कसरी खुसी बनाउन सकिएला र ? अप्ठेरोका बाबजुत पनि चलिरहेका छौ । अहिले हामीले पनि अनुभव गरेको कुरा के हो भने अन्यत्रका गन्तव्यमा आन्तरिक पाहुना पुग्दा पोखरामा कम भएको बुझेका छौं । पहुँचका हिसाबले पनि पोखरामा पाहुना आउनुपर्ने हो तर, अहिले अन्यत्रका गन्तव्यमा पाहुना प्रयाप्त छन, पोखरामा भने छैनन् । आखिर किन घटे त आन्तरिक पर्र्यटक ? हामी अझै पनि पुरानै अवस्थमा छौ । यो बेलाको समयलाई सदुपयोग गर्न नजानेकै हो । गतिविधि नयाँ हुनुपर्छ । पछिल्लो समय हामी अल्मलिएका हौं । निजी क्षेत्र व्यवसाय धान्नतिर लाग्यो, सरकार कुर्सि जोगाउनतिर लाग्दा यो अवस्था आएको हो । पोखरा साँघुरो हुँदै गयो भन्ने गुनासो सुनिन थाल्दा पर्यटकले छाड्न थालेको अनुभव गरेका छौ । त्यसैले आन्तरिक पाहुनालाई खुसीसाथ बोलाएर राख्न सकेनौ भने विदेशी भिœयाउँदा पनि हामी असफल हुनसक्छौ । आन्तरिकलाई नै खुसी बनाउनुपर्ने अवस्था छ ।  

कोरोना संक्रमण अघि पोखरामा आन्तरिक पाहुनाको आगमन अवस्था कस्तो थियो र अबको लक्ष्य के छ ?  

कोरोना सुरु हुनुअघि पोखराको पर्यटनमा विदेशीको ६० र नेपालीको ४० प्रतिशत हिस्सा थियो । अहिले बढीमा १० प्रतिशत हिस्सा नेपालीले ओगटेका छन । यो आकारलाई बढाएर केहीमहिनामा २० प्रतिशतमा उकास्न सकिने लक्ष्य छ । त्यसैले छिटो भन्दा छिटो विदेशी पाहुना ल्याउन नसके व्यवसाय धराशायी हुनेछ । विदेशी नआई आन्तरिकको भरमा मात्र चल्न सकिन्न । अब आक्रामक रुपमा बजार बिस्तार गर्न जरुरी छ । सरकारले पनि अब नीति बनाउनुपर्छ । विश्वका अरु धेरै मुलुक यो बेला नै विदेशी भिœयाउने रणनीतिमा लागिसकेका छन् । तर, हाम्रोमा ढिलाई भएकै हो । अरु मुलुकले प्याकेज ल्याउने र सरकारले नीति बनाएको छ । नेपालमा साहसिक पर्यटकका लागि सुरक्षित छ भनेर बोलाउने हो भने विदेशी आउनेछन् । तर त्यही काममा पनि ढिलाइ भएको छ । अबको पर्यटन सहर भन्दा बाहिरका क्षेत्रमा बढ्नेछ । साहसिक पर्यटकलाई नेपाल नआई हुँदैन । त्यसैले नेपाल सुरक्षित छ भनेर विशेष प्याकेज बनाएर  साहसिक पाहुना बोलाउनुपर्छ । आगामि सेप्टेम्बरका लागि पूर्वतयारी गरौ, तर, देखिनेगरि पाहुना आउँदा २०२२ लाग्छ ।

प्रकाशित: २४ फाल्गुन २०७७ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?