२५ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

‘ग्यास्ट्रिकले झुक्याउला, डिम्बाशयको क्यान्सर पनि हुनसक्छ’

डिम्बाशयको क्यान्सरका लक्षणहरु ग्यास्ट्राइटिससँग मिल्दोजुल्दो हुने भएकाले धेरै महिला झुक्किने गरेका छन्। तल्लो पेट दुख्ने, ढाड दुख्ने, छिटोछिटो पिसाव लाग्ने, पेट डम्म हुने जस्ता यो रोगका लक्षण ग्यास्ट्राइटिस (बोलीचालीमा ग्यास्ट्रिक) सँग मिल्दोजुल्दो हुने भएकाले धेरैले यसलाई बेवास्ता गरेका हुन्छन्।

रोगले च्यापेपछि मात्र अस्पताल पुग्ने हुनाले धेरैले उपचार पाउँदैनन्। शल्यक्रिया नै गर्न नसकिने भएपछि वा अन्यत्र फैलिएपछि मात्र अस्पताल पुग्दा सम्भव हुने उपचार पनि पाउन नसकिने हुन्छ। त्यसैले ग्यास्ट्राइटिसले झुक्याउला, डिम्बाशयको परीक्षण गरेर ढुक्क भएर बस्नुपर्छ।

महिलालाई हुने प्रमुख चार थरिका क्यान्सर रोगहरुमा पाठेघर, स्तन, फोक्सो र डिम्बाशयको क्यान्सर पर्दछन्। कुल क्यान्सर रोगीमध्ये ३ दशमलव २ प्रतिशत महिलालाई डिम्बासयको क्यान्सर हुने गरेको छ। क्यान्सर रोगीको संख्या दिनहुँ बढ्दो छ।

आधुनिक जीवनशैलीको आहाराले पनि यो रोगलाई सघाएको छ। मोटोपना भएका व्यक्तिहरुमा यसको जोखिम उच्च छ। यसैगरी बाँझोपनबाट पिडित महिलाहरु पनि डिम्वाशयको क्यान्सरको जोखिम समूहमा पर्दछन्। स्तन क्यान्सर र डिम्बाशयको क्यान्सर पारिवारिक रुपमा सर्ने प्रकृतिको हुन्छ। डिम्बाशयको क्यान्सरबाट बाँचेकाहरुको उमेर अवधि पाँच वर्षको मात्रै हुन्छ। क्यान्सर रोग विशेषज्ञ डा. रश्मी पुन गुरुङसँग श्रीराम पौडेलले गरेको कुराकानीमा आधारित।

प्रकाशित: २८ भाद्र २०७५ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App