८ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनबाट फर्किएपछि उत्तर कोरियाली नेता किम जोङ उनले के भने?

उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्। उनले चीनको तान्दोङमा कोरियाली युद्ध स्मारकको भ्रमण गर्नुका साथै चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका छन्।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सीका अनुसार स्वदेश फर्किएपछि किम जोङ उनले कोरियाली युद्धका क्रममा चिनियाँ जनतासँग मिलेर लडेका गौरवशाली वर्षहरूलाई आफ्नो देशले सधैँ स्मरण गरिरहने बताएका छन्।

उनले युद्धका क्रममा उत्तर कोरियालाई सहयोग गर्ने चिनियाँ जनताप्रतिको कृतज्ञताको भावना भावी पुस्तासम्म पुर्‍याउनुपर्ने बताएका छन्।

दुई देशलाई जोड्ने नयाँ पुलको उद्घाटन लामो समयको ढिलाइपछि भएको हो। यसलाई चीन र उत्तर कोरियाबीच व्यापार तथा आर्थिक सम्बन्ध सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो।

यसअघि, सन् २०२५ को सेप्टेम्बरमा किम जोङ उनले बेइजिङमा आयोजित सैन्य परेडमा सहभागिता जनाएका थिए। त्यस्तै, चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै वर्ष जुनमा उत्तर कोरियाको भ्रमण गरेका थिए।

प्रकाशित: ८ कार्तिक २०८३ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App