२५ आश्विन २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पक्राउ पर्दै गर्दा दीपकेले के भने ?

सीजेपीका संस्थापक दीपके मुम्बईबाट दिल्ली जाने क्रममा विमानभित्रै पक्राउ पर्नुअघि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमा आएका थिए। भिडियोमा उनले आफू पक्राउ पर्न नडराएको बताउँदै प्रहरीलाई चुनौती दिएको देखिन्छ। 

‘हामीलाई पक्राउ गर। हामी डराएका छैनौँ। हामी यहाँ पक्राउ हुन आएका हौँ,’ दीपकेले प्रहरीलाई भनेका छन्। उनले विमानभित्रै पक्राउ गर्न खोजिएको घटनालाई तानाशाहीको संज्ञा दिँदै प्रदर्शनकारी दिल्ली पुग्नुअघि नै निशाना बनाइएको आरोप लगाएका छन्। 

सीजेपीले आफ्ना तीन नेताको गिरफ्तारीलाई ‘तानाशाहीपूर्ण’ भन्दै तत्काल रिहाइको माग गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै विमानबाटै नियन्त्रणमा लिनु नागरिकको आवतजावत गर्ने स्वतन्त्रताको उल्लंघन भएको दाबी गरेको छ। 

सीजेपीका सहसंयोजक सौरभ दासले निर्वाचन आयोग कब्जा गरेर मतदाताको अधिकार खोस्ने प्रयास भइरहेको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना गरेका छन्। उनले निर्वाचन आयोगले मोदी नेतृत्वको सत्तारूढ दललाई जिताउन १३ करोड मतदाताको नाम सूचीबाट हटाएको आरोप लगाएका छन्। 

प्रकाशित: २४ आश्विन २०८३ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App