२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी ‘शटडाउन’ अन्त्यतर्फ : आठ डेमोक्र्याट सिनेटरको विद्रोह, ट्रम्प आशावादी

अमेरिकी सिनेटमा आइतबार राति ६०–४० को मतदानले सरकारी ‘शटडाउन’ अन्त्य गर्ने सम्झौतालाई अगाडि बढाएको छ। आठ डेमोक्र्याट सिनेटरहरूले पार्टी नेतृत्वविरुद्ध विद्रोह गरी रिपब्लिकनसँग हात मिलाएपछि ४० दिने लामो लामो ‘शटडाउन’ समाप्त गर्ने बाटो खुलेको हो।

‘शटडाउन’ का कारण अमेरिकामा धेरै सरकारी कामकाजहरू बन्द भएका छन्। विभिन्न विभागका सरकारी कर्मचारीहरू तलबविहीन छन्। गत हप्ता ‘शटडाउन’ का कारण हवाई ट्राफिक नियन्त्रकहरूको अभाव हुँदा हजारौं उडानहरू रद्द वा ढिला भएका थिए।

सम्झौताको पक्षमा मतदान गर्ने डेमोक्र्याटहरूमा क्याथरिन कोर्टेज मास्टो (एनभी), डिक डर्बिन (आइएल), जोन फेटरम्यान (पिए), म्यागी हासन (एनएच), टिम काइन (भीए), ज्याकी रोजेन (एनभी), जीन शाहीन (एनएच) र एङ्गस किङ (आइ–एमई) छन्। पूर्वगभर्नरहरू शाहीन, हासन र किङले वार्तामा मुख्य भूमिका खेलेका थिए।

सम्झौता अब प्रतिनिधि सभामा जानेछ, जहाँ सभामुख माइक जोनसनले पारित गर्नुपर्छ। यो सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको डेस्कमा पुग्न बाँकी छ। उनको हस्ताक्षरपछि सेवाहरू पुनर्स्थापित हुनेछन्।

उता, राष्ट्रपति ट्रम्पले देशमा जारी सरकारी ‘शटडाउन’ चाँडै अन्त्य हुने बताएका छन्। एजेन्सी

प्रकाशित: २४ कार्तिक २०८२ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App