अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आएका छन्। चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उनी भारत आएका हुन्।
रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गरेका छन्। सो क्रममा उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालय पुगेर टेरेसालाई श्रद्धाञ्ली दिएका छन्।
यो कार्यक्रम पछि रुबियो नयाँ दिल्ली जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने बार्यक्रम रहेको अमेरिकी विदेश विभागले जनाएको छ।
रुबियोले क्वाडका लागि आएका–अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरूको बैठकमा पनि सहभागी हुने जनाइएको छ।
यसै बीच चीनले भने लामो समय देखि क्वाड माथि शङ्का गर्दै आएको छ।
यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता चीनको राजकीय भ्रमण गरेका थिए जहाँ उनले केहि घोषणा तथा सम्झौताहरु गर्नु भएको थियो भने राष्ट्रपति सी जिनपिङबाट प्राप्त स्वागतको प्रशंसा गरेका थिए।
भारतसँग घनिष्ठ सम्बन्धको वकालत गरिरहेका रुबियोले पत्रकारहरूसँगको साक्षातकारमा यो भ्रमण आफ्नो जीवनको पहिलो भारत भ्रमण हुने बताए।
रूबियोसँग उनकी श्रीमती जेनेट पनि भारत भ्रमणमा आएको जनाइएको छ भने उनीहरुले भारतको आगरामा स्थित प्रेमको विश्व प्रसिद्ध स्मारक ताजमहलको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
प्रकाशित: ९ जेष्ठ २०८३ १३:५४ शनिबार





