२० वैशाख २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाले होर्मुजमा नाकाबन्दी जारी राख्ने

अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा नाकाबन्दी जारी राख्ने बताएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै  इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा प्रवेश गर्ने वा बाहिर निस्कने जहाजहरू विरुद्ध समुद्री नाकाबन्दी जारी राख्ने घोषणा गरेको हो।

सेन्टकमले भनेको छ, ‘लडाकु जहाज यूएसएस क्यानबेराले नाकाबन्दीको एक भागको रूपमा अरब सागरमा गस्ती गरिरहेको छ, जसको अवधिमा २३ जहाजहरूले फिर्ता जान अमेरिकी आदेशहरूको पालना गरेका छन्।’

उता, इरानको आईआरजीसीले भने अमेरिकाले आफ्नो बन्दरगाहहरूमा निरन्तर नाकाबन्दी गर्नु युद्धविराम समझदारीको उल्लङ्घन भएको दाबी गरेको छ । यसैबिच, इरानले होर्मुज स्ट्रेट पुन बन्द गरेको छ।  

इरानले अमेरिकासँगको वार्तापछि तेल र कार्गो जहाजहरूलाई  जलमार्ग खुल्ला गरेको थियो। तर अमेरिकाले नाकाबन्दी जारी राख्दा पुनः बन्द गरिदिएको हो। एजेन्सी

प्रकाशित: ५ वैशाख २०८३ १८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App