२५ श्रावण २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसमा युक्रेनी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, ३९ घाइते

रूसी सहर निझ्नेकाम्स्कमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा १२ जनाको मृत्यु भएको छ। साथै, ३९ जना घाइते भएको तातारस्तान क्षेत्रका अधिकारीहरूले बताएका छन्।

युक्रेनले पछिल्लो समय रूसका तेल डिपोलाई लक्षित गरी प्रायः दैनिकजसो लामो दूरीका ड्रोन आक्रमण गर्दै आएको छ। यसले रूसमा इन्धन अभाव हुनुका साथै तेल प्रशोधन क्षमतामा पनि असर पारेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्तामा ल्याउन र जारी चार वर्ष पुरानो युद्ध रोक्नका लागि यस्तो अभियान चलाइएको बताएका छन्।

तातारस्तानका प्रमुख रूस्तम मिन्निखानोभको कार्यालयका अनुसार सोमबार बिहान निझ्नेकाम्स्कका उद्योग र नागरिक क्षेत्रमा ठूलो ड्रोन आक्रमण भएको थियो।

निझ्नेकाम्स्क युक्रेनी सीमाबाट करिब एक हजार २०० किलोमिटर पूर्वमा पर्छ। त्यहाँको जनसङ्ख्या करिब दुई हजार ४०० छ। यो एक महत्त्वपूर्ण तेल प्रशोधन केन्द्र हो, जहाँ दुईवटा रिफाइनरी र एउटा पेट्रोकेमिकल प्लान्ट रहेका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी यसको उचित जवाफ दिइरहेका छौँ, रूसको प्रत्येक हमलाको हामी कडा प्रतिवाद गर्नेछौँ। अब यो युद्ध रूसकै घरभित्र यानी रूसमै बढी महसुस हुनेछ।’

उनले थपे, ‘यो युद्ध अझै रोकिएको छैन, यसको एक मात्र कारण रूस युद्ध अन्त्य गर्न चाहँदैन भन्ने हो।’ एजेन्सी

प्रकाशित: २५ श्रावण २०८३ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App