३ माघ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प भन्छन् : हामी ग्रीनल्याण्ड कब्जा गर्न बाध्य छौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्नु किन महत्त्वपूर्ण छ भनेर व्याख्या गरेका छन्।

ह्वाइट हाउसमा तेल तथा ग्यास कम्पनीका शीर्ष अधिकारीहरूसँगको बैठकमा उनले यदि अमेरिकाले यसो गरेन भने रूस र चीन जस्ता देशहरूले यसलाई आफ्नो नियन्त्रणमा लिने बताए।

ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहण गर्नु जग्गा किन्नु होइन, यो रुस र चीनलाई टाढा राख्नु हो भनेर पनि भने। 'हामी यस्ता देशहरूलाई हाम्रो छिमेकीको रूपमा राख्न सहन सक्दैनौं,' उनले भने।

ट्रम्पले यदि अमेरिकाले सजिलो माध्यमबाट ग्रिनल्याण्ड प्राप्त गर्न सक्दैन भने थप कठोर उपायहरू अपनाउनुपर्ने भनाइ राखे। उनले भने, 'हामी ग्रिनल्याण्डको बारेमा केही गर्नेछौं, चाहे उनीहरूलाई मन परोस् या नपरोस्।'

उनले पत्रकारहरूलाई भने, 'म सम्झौता सहज रूपमा सम्पन्न होस् भन्ने चाहन्छु।' यद्यपि, उनले डेनमार्कप्रति आफ्नो नरम दृष्टिकोण पनि व्यक्त गर्दै भने, 'म डेनमार्कको ठूलो प्रशंसक हुँ। उनीहरूले मलाई धेरै राम्रो व्यवहार गरेका छन्।'

अमेरिकाले ग्रिनल्याण्डका जनतालाई सिधै पैसा दिएर अमेरिकामा सामेल हुन मनाउने योजना बनाएको छ कि भनेर सोध्दा ट्रम्पले भने, 'म अहिले ग्रिनल्याण्डको लागि पैसाको बारेमा कुरा गरिरहेको छैन। सायद म पछि गर्नेछु।' ट्रम्पले यो मुद्दालाई राष्ट्रिय सुरक्षासँग जोडे।

ट्रम्पले ग्रिनल्याण्ड नजिकै रूसी र चिनियाँ नौसैनिक गतिविधि बढेको उल्लेख गरे, जसमा विध्वंसक र पनडुब्बीहरू पनि समावेश छन्। 'हामी रूस वा चीनलाई ग्रिनल्याण्ड कब्जा गर्न दिने छैनौं,' ट्रम्पले जोड दिए।

प्रकाशित: २६ पुस २०८२ १९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App