२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नौ वटा युद्ध रोकेँ, अब रुस–युक्रेनलाई मिलाउँछु : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नौ वटा अन्तर्राष्ट्रिय द्वन्द्व अन्त्य गर्न आफूले भूमिका खेलेको दाबी गरेका छन्। उनले अब रुस–युक्रेन युद्ध रोक्ने र यसलाई आफ्नो १० औं शान्ति पहल बनाउने लक्ष्य राखेको बताएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार ह्वाइट हाउसबाट भर्जिनिया जानुअघि ट्रम्पले यो युद्ध दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खतरनाक द्वन्द्व बनेको र हरेक महिना हजारौं सैनिकहरू मारिने गरेको बताए।

यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमा मे ९ देखि ११ सम्म रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरे। उनले यस अवधिमा दुवै देशले कुनै पनि सैन्य कारबाही नगर्ने बताए। उनले दुवै पक्षले १,००० कैदी आदानप्रदान गर्ने पनि बताए।

उनले आफ्नो अपीलको प्रतिक्रियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराममा सहमति जनाएको दाबी गरे। ट्रम्पले उनीहरुलाई मिलाएर युद्धविरामको लागि सहमति गराउने बताए।

उनले परिस्थितिले साथ दिएमा यो अस्थायी युद्धविराम लम्ब्याउन सकिने संकेत गरे।

प्रकाशित: २६ वैशाख २०८३ १२:१६ शनिबार