अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकोम)ले सोमबारदेखि होर्मुज जलघाँटी हुँदै जाने व्यापारी जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष अभियान सुरु गर्ने जनाएको छ।
सेन्टकोमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ‘प्रोजेक्ट फ्रीडम’ नामक पहल कार्यान्वयन गर्न लागिएको हो, जसको उद्देश्य महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार मार्गलाई सुरक्षित बनाउनु हो।
अभियानअन्तर्गत अमेरिकी सेनाले गाइडेड मिसाइल डिस्ट्रोयर (नियन्त्रित क्षेप्यास्त्र युद्धपोत), १०० भन्दा बढी जमिन तथा समुद्री आधारका विमान, बहु–क्षेत्रीय मानवविहीन प्रणाली (ड्रोन) तथा करिब १५ हजार सैनिक परिचालन गर्ने जनाएको छ।
यसैसँगै, गत साता अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेको ‘म्यारिटाइम फ्रीडम कन्स्ट्रक्ट’ पहलले सूचना आदान–प्रदान सुदृढ बनाउँदै कूटनीतिक प्रयास र सैन्य समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित: २१ वैशाख २०८३ १७:५५ सोमबार





