१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले जनआवाज दबाएर आफ्नो शक्तिको दुरुपयोग गरिरहेका छन् : बाइडेन

फाइल तस्बिर

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिप्रति चिन्ता व्यक्त गर्दै उनले अभिव्यक्ति स्वतन्त्रतालाई दबाएर शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्।

८२ वर्षीय बाइडेनले भनेका छन्, ‘ट्रम्पले जनताको आवाज दबाएर आफ्नो शक्तिको दुरुपयोग गरिरहेका छन्।’ 

उनले अमेरिकामा राष्ट्रपतिको शक्ति सीमित हुनुपर्ने र संसद् तथा अदालतले स्वतन्त्र रूपमा काम गर्नुपर्ने बताए। तर ट्रम्पका कारण सरकार लामो समयदेखि ठप्प भएको र सरकारमाथि बढी नियन्त्रण लिएको आरोप उनले लगाए।

बाइडेनले भने, ‘यो कठिन समय हो, तर हामीले हिम्मत हार्नु हुँदैन। हामी फेरि सही बाटो फेला पार्नेछौं र पहिलेभन्दा बलियो भएर उभिनेछौं।’

उनले ट्रम्पको विपक्षमा उभिने सरकारी कर्मचारी, ट्रम्पको आलोचना गर्ने स्कुल र कलेजका विद्यार्थी र हास्य कलाकारहरूको प्रशंसा गरेका थिए। उनले भने, ‘लेट(नाइट शो होस्टहरूले आफ्नो जागिरको जोखिम हुँदा पनि सत्य बोलिरहेका छन्।’

ट्रम्पको आलोचना गर्ने रिपब्लिकन नेताहरूको पनि उनले प्रशंसा गरे। बाइडेनले भने, ‘अमेरिकाको कथा सजिलो छैन। २५० वर्षदेखि यो प्रतिकूलता र अवसर बिचको लडाइँ हो।’ एजेन्सी

प्रकाशित: १२ कार्तिक २०८२ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App