२ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन : पसलबाट आईफोन लुटिए, १४३ वर्ष पुरानो भवनमा आ*गजनी

फ्रान्समा महँगीविरुद्ध शनिबार करिब आठ लाख मानिस सडकमा उत्रिएका छन्।

करिब एक महिनादेखि जारी प्रदर्शन सुरुमा विद्यालयका विद्यार्थीका लागि राम्रो सुविधा र सरकारी सेवामा सुधारको माग गर्दै सुरु भएको थियो। तर अहिले यो ठूलो सामाजिक आन्दोलनमा परिणत भएको छ।

प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रहरीका गाडीमा ढुंगा प्रहार गरिएको छ भने प्रहरीलाई लखेटिएको छ। प्रदर्शनकारीले एप्पलका पसलबाट आईफोनसमेत लुटेका छन्।

लिमोज सहरमा प्रदर्शनकारीले १४३ वर्ष पुरानो टाउन हलमा आगजनी गरेका छन्। प्रदर्शनमा सहभागी केही व्यक्ति जोकर र क्याप्टेन अमेरिकाजस्ता पात्रको पोसाक लगाएरसमेत सडकमा आएका थिए।

प्रकाशित: १ कार्तिक २०८३ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App