भारतको नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सिजेपी) को ‘चलो संसद’ मार्च संसद भवननजिक पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
सोमबार जन्तर–मन्तरबाट सुरु भएको मार्च संसद भवनतर्फ अघि बढेपछि सुरक्षा निकायले संसद् परिसर वरिपरि निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएका हुन्।
प्रदर्शनकारीहरूले संसद भवननजिकको ब्यारिकेड तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यम इन्डिया टुडे ले जनाएको छ।
घटनाका बेला संसद्को मनसुन अधिवेशन जारी थियो। बाहिर प्रदर्शन चर्किरहेका बेला संसद्को बैठक केही समयपछि स्थगित गरिएको जनाइएको छ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदी संसद भवनबाट बाहिरिसकेका छन्।
प्रदर्शनको नेतृत्व गरिरहेका कक्रोज जनता पार्टी (सिजेपी) का संस्थापक अभिजित दिप्केलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
प्रकाशित: ४ श्रावण २०८३ १६:३४ सोमबार





