४ कार्तिक २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी हुलाक सेवालाई साढे १२ करोड नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन्। उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ।

राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो। उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्याङ्क डट कम’ नामक अनधिकृत वेबसाइट सञ्चालन गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार उक्त वेबसाइटबाट पाँच हजार २०० भन्दा बढी ग्राहकलाई ५१ लाखभन्दा बढी नक्कली हुलाक लेबल बिक्री गरिएको थियो। ती लेबलका कारण अमेरिकी हुलाक सेवाले राजस्व गुमाउनुका साथै ढुवानी खर्चसमेत बेहोर्नु परेको थियो।

पाकिस्तानी अनुसन्धानकर्ताहरूका अनुसार अकरमले व्यवसाय सञ्चालन गर्न आफ्ना भाइ, पत्नी, बहिनी र काकीसहित परिवारका सदस्यका १६ वटा बैंक खाता प्रयोग गरेका थिए। उनलाई अमेरिकामा सुपुर्दगी गरिने वा पाकिस्तानमै मुद्दा चलाइने भन्ने स्पष्ट भइसकेको छैन।

प्रकाशित: ४ कार्तिक २०८३ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App