ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गर्दै चौथो कार्यकाल सुनिश्चित गरेका छन्। उनले दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन्।
८० वर्षीय लुलाले दोस्रो चरणको मतदानमा करिब ५२ प्रतिशत मत प्राप्त गरेका छन्। विजयपछि साओ पाउलोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले ब्राजिलको लोकतन्त्रको रक्षा गरेको भन्दै मतदाताप्रति आभार व्यक्त गरे।
निर्वाचनको पहिलो चरणमा अग्रता हासिल गरेका फ्लाभियो बोल्सोनारोले भने नतिजालाई ‘अस्पष्ट’ भन्दै निर्वाचन परिणाम खारेज गर्न माग गरेका छन्।
फ्लाभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो पछिल्लो निर्वाचनमा पराजित भएपछि सत्ता कब्जा गर्ने षड्यन्त्र गरेको अभियोगमा घरमै नजरबन्दको अवस्थामा जेल सजाय भोगिरहेका छन्।
यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको थियो। ब्राजिलमा लुलाको विजयले ल्याटिन अमेरिकी क्षेत्रमा दक्षिणपन्थी नेताहरूतर्फ बढिरहेको राजनीतिक प्रवृत्तिभन्दा फरक परिणाम दिएको छ।
प्रकाशित: ९ कार्तिक २०८३ १४:४३ सोमबार





