१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्ध नरोक्ने इरानको संकेत, भन्यो : 'हामीले सुरु गरेकै होइन

इरानले मध्यपूर्वमा जारी युद्ध नरोक्ने संकेत दिएको छ। इरानले आफूहरुले युद्ध सुरु नगरेको दाबी गर्दै जसले सुरु गरेको हो उसलै युद्ध रोक्नुपर्ने स्पष्ट पारेको हो । 

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले प्रेस विज्ञप्ती जारी गर्दै कूटनीतिक वार्ता नै समाधान भएको भन्दै अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी भुल्न नहुने बताएका हुन् । उनले  भने, 'हामीले युद्ध सुरु गरेका छैनौं। हाम्रो प्राथमिकता र इच्छा भनेको कूटनीतिक वार्ता र समाधान हो।' 

बाघेइले विश्वभरको शान्ति र स्थिरता अब गम्भीर संकटमा पुगेको र यसका लागि सबै देशहरूको एकजुट प्रयास आवश्यक रहेको बताए। 'अमेरिका र इजरायलद्वारा प्रज्वलित आगोले सम्पूर्ण युरोपलाई समेट्दै छ। यो आगो छिट्टै समग्र पृथ्वीलाई असर गर्नेछ', उनले भने। 

उपयुक्त उत्तरदायित्व वहन गर्न अन्तर्राष्ट्रिय समुदायलाई उनले आह्वान गरेका छन् । 

प्रकाशित: १९ फाल्गुन २०८२ १७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App