८ असार २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल बन्द

रूसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि त्यहाँका चारवटै प्रमुख विमानस्थल सोमबार केही समयका लागि बन्द गरिएका छन्।

स्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएका हुन्।

रूसले युक्रेनी सहरहरूमा आक्रमण जारी राखिरहेका बेला त्यसको प्रतिकारस्वरूप युक्रेनले रूसभित्र ड्रोन आक्रमण गर्दै आएको छ। यद्यपि मेयर सोब्यानिनले उक्त ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएका हुन् वा होइनन् भन्नेबारे स्पष्ट उल्लेख गरेका छैनन्।

रूसी उड्डयन अधिकारीहरूले सुरक्षा कारण देखाउँदै मस्कोका चारवटै विमानस्थल अस्थायी रूपमा बन्द गरेका थिए।

स्थानीय समयअनुसार बिहान ५ः३९ बजे विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित: ८ असार २०८३ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App