२५ श्रावण २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरी फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु, छ बेपत्ता

उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन्। 

स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो। पहिरोमा १३ जना पुरिएका थिए। प्रहरीका अनुसार सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ।

मृतकमध्ये १७ वर्षीया किशोरी, नौ वर्षका दुई बालबालिका र ५६ वर्षीय पुरुष रहेका छन्। उद्धार गरिएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ। बीचबीचमा वर्षा भइरहे पनि उद्धारकर्मीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेका छन्। यसैबीच, पहिरोको जोखिममा रहेका १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने थप सात जनालाई स्थानीय गाउँको सभाहलमा राखिएको छ। एजेन्सी 

प्रकाशित: २५ श्रावण २०८३ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App