२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटनामा चार जनाको मृत्यु

अमेरिकाका एरिजोनामा मंगलबार भएको विमान दुर्घटनामा ४ को मृत्यु भएको छ। एक सानो मेडिकल ट्रान्सपोर्ट विमान मङ्गलबार एरिजोनाको चिन्लेमा बिरामी लिन जाँदै गर्दा दुर्घटनामा परेको थियो।नाभाजो प्रहरी विभागका अनुसार विमान दिउँसो १२ः४० बजे चिन्ले विमानस्थल नजिकै दुर्घटनाग्रस्त भई आगो लागेको थियो।

प्रहरीका अनुसार सबै चार जना सवार व्यक्तिहरूको घटनास्थलमै मृत्यु पुष्टि गरिएको छ।दुर्घटनाको कारण तत्काल स्पष्ट भएको छैन।दुर्घटनापछि अमेरिकी सङ्घीय उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डका अधिकारीहरूले घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। अनुसन्धानका लागि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो।

प्रकाशित: २१ श्रावण २०८२ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App