२० आश्विन २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकन आइडलमा देखिएका पूर्वपादरीलाई आजीवन कारावास

अमेरिकन आइडलमा छोटो समयका लागि देखिएका ओहायोका पूर्वसंगीत पादरी कालेब फ्लिनलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

४० वर्षीय फ्लिनलाई गत साता आफ्नी श्रीमती एश्ले फ्लिनको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो। न्यायाधीशले फ्लिनले आफ्नो इसाई आस्थाको गलत प्रयोग गरेको र आफ्नो कामप्रति कुनै पछुतो नदेखाएको बताए।

सजाय सुनाइनुअघि फ्लिनले परिवारसँग आँसु झार्दै माफी मागेका थिए। उनले आफ्ना दुई छोरीको जन्मलाई ‘यस जीवनको सबैभन्दा ठुलो आनन्द’ भने। तर आफू निर्दोष रहेको दाबी गर्दै भने, ‘मैले मेरी श्रीमतीलाई मारेको छैन, म झूट बोलिरहेको छैन।’

अभियोजकहरूका अनुसार फ्लिन श्रीमतीबाट अलग हुन चाहन्थे। उनी एलेघा बोटनरसँग सम्बन्धमा थिए। घटनाअघि उनले बोटनरलाई ‘म तिमीलाई रोज्छु। म स्वतन्त्र छु। कारबाही भोलि हुनेछ’ भन्दै सन्देश पठाएका थिए।

घटनास्थलमा फ्लिनको औंठाछाप र डीएनए भेटिएको तथा उनका उपकरणले उनी घरमै रहेको देखाएको थियो। तर फ्लिनले घटनाका बेला आफू सुतिरहेको दाबी गर्दै आएका छन्।

एश्लेका परिवारका सदस्यहरूले फ्लिनलाई कडा सजाय दिन माग गरेका थिए। उनकी दिदी कायला किटले फ्लिनको कार्यले परिवार र चर्च समुदायलाई स्तब्ध बनाएको बताइन्।

सन् २०१३ मा अमेरिकन आइडलमा देखिएका फ्लिन हलिउडको मुख्य प्रतियोगिताका लागि छनोट हुन सकेका थिएनन्। सोमबार उनलाई हत्या, जघन्य आक्रमण र प्रमाणसँग छेडछाडलगायत अभियोगमा दोषी ठहर गरिएको हो। एजेन्सी

प्रकाशित: २० आश्विन २०८३ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App