२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सैन्य विद्रोहको षड्यन्त्र रचेको आरोपमा दोषी ठहर गरिएको छ। उनलाई २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ।

सर्वोच्च अदालतका पाँच न्यायाधीशको प्यानलले यो फैसला सुनाएको हो। २०२२ को चुनावमा लुइज इनासियो लुला दा सिल्भासँग हारेपछि बोल्सोनारोले सत्तामा रहिरहन षड्यन्त्र गरेको अदालतले ठहर गरेको छ।

चार न्यायाधीशले उनलाई दोषी ठहर गरे भने एक जनाले निर्दोष ठहराउने पक्षमा मतदान गरे। बोल्सोनारोका वकिलहरूले यो सजायलाई ‘अत्यधिक’ भनेका छन् र फैसलाविरुद्ध अपिल गर्ने बताएका छन्। एजेन्सी

प्रकाशित: २७ भाद्र २०८२ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App