१० मंसिर २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट

थाइल्यान्डको राजधानी बैंककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

विस्फोटमा तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।

बैंककका बासिन्दालाई मोबाइल फोनमार्फत पठाइएको सूचनाअनुसार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएको थियो।

सूचनामा सर्वसाधारणलाई घटनास्थल आसपास नजान आग्रह गरिएको थियो। बैंकक महानगर प्रशासनले त्यसको एक घण्टाभन्दा कम समयमा आगो नियन्त्रणमा लिइएको जानकारी दिएको छ। विस्फोटको कारण भने खुल्न सकेको छैन।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा बैंककको पूर्वी क्षेत्रमा रहेको प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ।

प्रशोधन तथा भण्डारण केन्द्रको स्वामित्व रहेको बङ्गचाक कर्पोरेसनले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

दैनिक एक लाख २० हजार ब्यारेल प्रशोधन क्षमता रहेको उक्त केन्द्र थाइल्यान्डको पाँचौँ ठूलो तेल प्रशोधन केन्द्र हो।

सहरी क्षेत्रमा अवस्थित यो देशकै एक मात्र प्रमुख प्रशोधन केन्द्र रहेको बताइएको छ। यसअघि सन् २०१२ को जुलाईमा पनि उक्त केन्द्रमा विस्फोट र आगलागी भएको थियो।

त्यस घटनाले नजिकैको आवासीय क्षेत्रमा क्षति पुर्‍याएको थियो भने प्रशोधन केन्द्रको मर्मत गर्न दुई साता लागेको थियो।एपी

प्रकाशित: १० मंसिर २०८३ १५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App