२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

९० जना सवार विमानको इन्जिनमा आगो, पाइलटको सुझबुझले सुरक्षित अवतरण

फाइल तस्बिर

एयर इन्डियाको दिल्ली–इन्दौर उडान एआई२९१३ दिल्ली डाइभर्ट भएको छ। पाइलटले दायाँ इन्जिनमा आगो लागेको जानकारी दिएपछि विमान डाइभर्ट गरिएको हो। 

एयर इन्डियाले भनेको छ, ‘आइतबार बिहान ६:१५ बजे (स्थानीय समय) ९० यात्रु बोकेर उडेको विमानमा आधा घण्टापछि इन्जिनमा आगो लागेको संकेत देखियो। पाइलटले इन्जिन बन्द गरेर विमान सुरक्षित अवतरण गराए।’ विमानको जाँच हुने र नागरिक उड्डयन महानिर्देशनालयलाई जानकारी दिइएको कम्पनीले उल्लेख गरेको दैनिक भास्करले लेखेको छ।

अगस्ट २९ मा दिल्ली–श्रीनगर स्पाइसजेट उडान एसजी ३८५ मा प्रेसराइजेसन समस्या देखिएपछि दिउँसो ३:२७ बजे  (स्थानीय समय) श्रीनगरमा सुरक्षित अवतरण गरिएको थियो। अगस्ट २८ मा इन्डिगोको सुरत–दुबई उडानमा प्राविधिक समस्या आएपछि अहमदाबादमा अवतरण गरिएको थियो। विमानमा १५० यात्रु थिए।

प्रकाशित: १५ भाद्र २०८२ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App