१ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु

पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले बताएका छन‍्।

स्यागिरड जिल्लामा भारी वर्षाका कारण घरको छत खस्दा दुर्घटना भएको अधिकारीले  पुष्टि गरेका छन्।

यसअघि काबुलको बागरामी क्षेत्रमा यस्तै दुर्घटनामा हुँदा एउटै परिवारका आठ जनाको ज्यान जानुका साथै एक बालक घाइते भएको जनाइएको थियो।

अफगानिस्तानमा विगत दुई हप्तामा बाढी  जन्य घटनाहरूका कारण १४८ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको बताइएको छ।

प्रकाशित: २८ चैत्र २०८२ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App